नेपाली कांग्रेसका नेताहरूले तनहुँको समग्र विकासका लागि वैशाख १० मा हुने तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन जरुरी रहेको बताएका छन् । कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक कार्यक्रम’ मा उनीहरूले तनहुँलाई कांग्रेसको किल्लाका रुपमा स्थापित गराउन उपनिर्वाचनमा पार्टीका उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताएका हुन् । कांग्रेसका …