काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी बनाउने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। ओलीले वारेसमार्फत निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध रिट दर्ता गराएका हुन्। ओलीले आफ्नो पार्टीले कारबाही गरिसकको व्यक्तिलाई सनाखत गराएर पार्टी विभाजन गरेको आरोप आयोगमाथि लगाएका छन् […]