काठमाडौँ- नेपाली नारीहरुको चाड हरितालिका तीजका अवसरमा भारतस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री पनि सहभागी भएकी छिन् । नयाँ दिल्लीस्थित दूतावासले आयोजना गरेको कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखी पनि सहभागी भएकी हुन् । कार्यक्रममा नेपाली राजदूत शंकर शर्मा, नियोग उपप्रमुख राम प्रसाद सुवेदीलगायतको सहभागिता रहेको थियो ।