१३ फागुन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत दुई प्रहरी अपराधिक लाभ लिन खोजेको खुलेको छ । प्रहरी सहायक हवल्दार दिपेन्द्र कुमार राज र प्रहरी जवान रोशन कुमार यादवले आपराधिक लाभ लिन खोजेको खुलेको हो । आर्थिक लाभको लागि पीडितबाट बिभिन्न कम्पनीको ३१ वटा मोबाइल लिई फिर्ता गर्न भनी २ लाख लिएर फिर्ता नगरेको पाइएपछि […]
२४ पुस, धनगढी । कैलालीमा लागुऔषधसहित नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् । नेपाल प्रहरीको धनगढी गणमा कार्यरत प्रहरी सहायक हवल्दार विष्णु चौधरीलाई लागुऔषध ब्राउनसुगरसहित आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी प्रहरी गणमा सवारी चालकका रुपमा समेत कार्यरत थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दकाअनुसार […]
बैतडी : बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन्।
मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। लोकबहादुर, रमेश र विर्खबहादुरको…
बैतडी : प्रहरी सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु हुने सबै प्रहरी हुन्। दुर्घटनामा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, जवानहरू लोकबहादुर बाठामगर, रमेश साउद र बिर्खबहादुर विष्टको मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो। दुर्घटनामा परी आठ प्रहरी र चालक घाइते भएका छन्। हवल्दार गणेश खड्का, प्रहरी
कैलाली कारागारमा लागुऔषध ओसारपसारमा सघाएको आरोपपछि प्रहरी सहायक हवल्दार पक्राउ परेका छन् । गत ३१ असोजमा धनगढी उपमहानगरपालिका– ७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित पक्राउ परेका कैलारी गाउँपालिका ६...
काठमाडौँ । नेपाली प्रहरीमा एकैपटक एक हजार ७०८ प्रहरी जवान सहायक हवल्दारमा बढुवा भएका छन् । प्रहरी उपरीक्षकको साउन १५ गते बसेको बैठकबाट जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरूलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको हो । उनीहरूलाई बढुवाको दर्ज्यानी चिह्न प्रदान गर्न निर्देशन समेत दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सूची !
यार्सा संकलकहरुको सुरक्षार्थ खटिएका एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । मुगुको कार्मारोङ गाउँपालिका–२ ठुलीकोशी रिमार भन्ने ठाउँमा यार्सा संकलकहरुको सुरक्षार्थ खटिएको प्रहरी टोलीका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको मृत्यु भएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनको मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि उनीसँगै खटिएका प्रहरीले उनलाई सीमा प्रहरी चौकी मुगुमा ल्याएका थिए । उनको थप उपचारको लागि कोहलपुर रिफर गरिएको