काठमाडौँ – बाँसबारी छालाजुक्त काराखानाको १० रोपनी जग्गा हडपेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीमाथिको अनुसन्धान दुई दिनभित्र सक्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ। अनुसन्धानका लागि पाएको चार दिनको समय सकिएपछि सोमबार थप म्यादका लागि सिआइवीले चौधरीलाई जिल्ला अदालतमा पेश गरेको थियो। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उनीमाथि अनुसन्धानका लागि थप दुई दिन थुनामै राख्न […]