काठमाण्डाै - इङ्ग्ल्यान्डले श्रीलङ्कासँगको तेस्रो ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा क्लिन स्विप गरेको छ । गएराति भएको खेलमा श्रीलङ्कालाई ८९ रनले हराउँदै इङ्ग्ल्यान्डले श्रृङ्खला ३–० ले आफ्नो पक्षमा पारेको हो । इङ्ग्ल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलङ्काले १८ ओभरमा ५ बलमा अलआउट भएर ९१ रन मात्र बनाउन सक्यो । श्रीलङ्काकाका लागि बिनुरा फर्नान्डोले सर्वाधिक २० रन बनाए ।
ओसडा फर्नान्डोले १९ रन जोड्दा निरोशन डिक्वेलाले ११ रन जोडे । इङ्ग्ल्यान्डका डेभिड विलीले ३ तथा साम कुरानले २ विकेट लिए ...