जर्नादन शर्मा मन्त्रीका रुपमा फर्केलान्

काठमाडौं, ५ साउन । निवर्तमान अर्थमन्त्री जर्नादन शर्मा बजेटमा करको दर हेरफेर प्रकरणले विवादमा मुछिएपछि राजीनामा दिएर छानविनको दायरामा छन् । उनीसँग आज संसदीय विशेष समितिले बयान लिदैछ । शर्माले राजीनामा दिएपछि अर्थ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै चलाइरहेका छन् । यसले छानविन समितिको प्रतिवेदन आएपछि मात्र अर्थमन्त्रीको टुंगो लाग्ने देखिन्छ । अर्थमन्त्रीका रुपमा जर्नादन […]

सम्बन्धित सामग्री

पार्टी एकताका लागि माओवादीद्वारा कार्यदल गठन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले विभिन्न वामपन्थी दलरूसँगको एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा महरासहित महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा ‘प्रभाकर’, सचिवहरू शक्ति बस्नेत र गिरिराजमणि

प्रतिनिधिसभामा कर्णालीमा एमाले शून्य, अबको मुख्यमन्त्री को ?

प्रतिनिधिसभामा १२ सिट रहेको कर्णालीमा नेकपा एमाले शून्य भएको छ । प्रदेससभामा प्रत्यक्षतर्फ जितेको नेकपा (एमाले) प्रतिनिधिसभामा शून्य भएको हो । जाजरकोटमा नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत, रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का जर्नादन शर्मा, सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेसका पुर्णबहादुर खड्का, क्षेत्र नम्बर २ मा हृदयराम थानी, दैलेख क्षेत्र नम्बर १ मा […]

अर्थमन्त्रीमा जनार्दन शर्मा दोहोरिने भएपछि अर्थसचिव मरासिनी सम्पर्कबाहिर

काठमाडौँ-  बजेटगेट प्रकरणमा सफाइ पाएका जर्नादन शर्मा आइतबार अर्थमन्त्रीमा दोहोरिने भएपछि अर्थसचिव मधुकुमार मरासिनी सम्पर्कबाहिर भएका छन्। शर्माको पुनर्नियुक्ति हुने दिन आइतबार मरासिनी सञ्चारसम्पर्कमा आएका छैनन् भने उनको सचिवालयले उनी औपचारिक कार्यक्रममा व्यस्त भएको जवाफ दिएको छ। उनले प्रयोग गर्दै आएको मोबाइल स्विच अफ छ। अर्थसचिवको सचिवालयले भने मरासिनी मन्त्रालयकै आयोजनामा पोखरामा आयोजित एक कार्यक्रममा […]

तीन ठूला रुग्ण उद्योग सञ्चालनका लागि मोडालिटी तयार गर्दै सरकार

१७ असार, काठमाडौं । सरकारले तीन ठूला रुग्ण उद्योग आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । अर्थमन्त्री जर्नादन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसहितका सरकारी अधिकारी सम्मिलित मंगलबारको बैठकले यस्तो निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बजेट घोषणाअनुसार रुग्ण भएर कुनै बेला सरकारले नै बन्द गर्ने […]

अर्थमन्त्री जर्नादन शर्मा सरकारबाट फिर्ता बोलाइने

काठमाडौं, ३० जेठ । अर्थमन्त्री जर्नादन शर्मालाई नेकपा माओवादी केन्द्रले सरकारबाट फिर्ता बोलाउने भएको छ । उनलाई बजेट पारित भएलगत्तै फिर्ता बोलाउने तयारी भएको छ । विश्वस्त स्रोतका अनुसार शर्मालाई माओवादी अध्यक्ष प्रचण्डले पनि तयार रहन भनिसकेका छन् । बजेट पारित गर्नुपर्ने भएकाले मात्र उनको पद कायमै रहेको बुझिएको छ । शर्मालाई फिर्ता बोलाउने तयारी […]

एमसीसीमा अब के होला ?

काठमाडौं, ८ फागुन । लामो रस्साकस्सीबीच प्रतिनिधि सभामा एमसीसी टेबल भएको छ । सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौताको प्रस्ताव पारित गरियोस् भनी सदनमा पेश गरेका हुन् । प्रस्ताव पेश गर्दा अर्थमन्त्री जर्नादन शर्मा भने अनुपस्थित भए । प्रस्ताव अर्थ मन्त्रालय अन्तर्गत भएपनि उनी अनुपस्थित भए । माओवादी केन्द्र एमसीसी प्रस्ताव टेबल गर्ने विपक्षमा […]

मन्त्रिपरिषद् बैठक, के निर्णय आउला ?

काठमाडौं, ११ साउन । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा जारी बैठकले केही महत्वपूर्ण निर्णयहरु गर्ने बुझिएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जर्नादन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मुख्य सचिव शंकरदास बैरागी सहभागी छन् ।

देउवासँगै चार मन्त्रीले पनि लिए शपथ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै चार मन्त्रीले पनि शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जर्नादन शर्मा रहेका छन् ।