बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवद्र्धन गरी कृषकको जीवनस्तर माथि उठान प्रदेश सरकारले थप सहयोग गर्ने जानकारी दिनुभएको छ ।
नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको प्रथम जिल्ला भेला तथा अधिवेशनको मंगलबार शुभारम्भ गर्दै उहाँले व्यवसायिक पशुपालन तथा खेतीबाट मात्र आर्थिक समृद्धि हासिल हुने बताउनुभयो । उहाँले भन्नुभयो “ किसानलाई बिनाधितो ऋणदिने प्रक्रियालाई सरलीकृत बनाइँदै छ । यसवर्ष रु दुई अर्ब बिनाधितो ऋण दिने सरकारको नीति छ । ”