काठमाडौं : गत भदौमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै भनेका थिए, ‘दृष्टिविहिन बालबालिकालाई ब्रेल पाठ्यपुस्तकलगायत आधुनिक प्रविधिको सहायताबाट शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाइने छ।’उनले घोषणा गरेको यो नीतिगत योजना कार्यान्वयनमा आइसकेको भए यतिखेर दृष्टिविहीनले सहजै रुपमा अध्ययन गरिरहेका हुन्थे।तर घोषणा भएको ३ महिना बितिसक्दा पनि अहिलेसम्म ब्रेल लिपिमा पाठ्यपुस्तक आउन सकेको छैन।वर्तमान सरकारले मात्र नभएर पहिलेका सरकारले समेत