श्रीलङ्कामा युवा लक्षित १० लाख रोजगारी सिर्जना गरिने

श्रीलङ्का सरकारले ‘श्रीलङ्काका लागि आशा’ नामक कार्यक्रममार्फत् युवाहरूका लागि १० लाख नयाँ रोजगारीका अवसर सिर्जना गर्ने योजना सार्वजनिक गरेको छ । देश कोभिड–१९ को महामारीबाट सामान्य अवस्थामा फर्कने विश्वाससहित महामारीबाट प्रभावित अर्थतन्त्रलाई सुधार गर्न र युवाहरूमा आशाको सञ्चार गर्न सरकारले यो कार्यक्रम ल्याउन लागेको खेलकुद तथा युवा, विकास सहजीकरण तथा अनुगमन मन्त्री नमलाल राजपाक्षलाई उद्धृत गरी राष्ट्रिय सञ्चारमाध्यमले सोमबार समाचारमा जनाएका छन् ।‘श्रीलङ्काको आशा&rsqu

सम्बन्धित सामग्री

देखापढी विजिनेश न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकले दार्चुलाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गरेको छ। सन् २०३२ सम्ममा वार्षिक ३५ लाख पर्यटक र १० लाख रोजगारी सिर्जना गर्ने लक्ष्यसहित सरकारले भ्रमण दशक अवधारणा (२०२३–२०३२) सार्वजनिक गरेको छ। दक्षिण कोरियाले नेपाललाई ४२ वटा उन्नत खालका गाई अनुदानमा दिएको छ। ग्लोबल आईएमई बैंकले ८ नयाँ शाखारहित बैंकिङ सेवा एकैपटक सञ्चालनमा ल्याएको छ।

नेपाल पर्यटन दशक : यस्ता छन् रणनीतिक योजना

सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको छ । सो कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पुर्‍याउँने लक्ष्य लिइएको छ भने सोही अवधिमा पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना छ । नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजनाबारे जानकारी  दिदैं संस्कृति, पर्यटन तथा नागरिक […]

आगामी डेढ वर्षमा १० लाख रोजगारी सिर्जना गर्ने मोदीको घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १. ५ वर्षमा १० लाख रोजगारीको सिर्जना गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्रीको कार्यालयबाट जारी एक ट्वीटमा भनिएको छ, "प्रधानमन्त्री नरेन्द्र मोदीले सबै विभाग र मन्त्रालयहरूमा मानव संसाधनको समीक्षा गर्नुभयो र आगामी डेढ वर्षमा मिशन अन्तर्गत १० लाख मानिसहरूलाई नियुक्त गर्न आदेश दिनुभयो।"

घट्यो वैदेशिक रोजगार, बेरोजगारी भयावह हुनसक्ने

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले वैदेशिक रोजगारी खुम्चिएको छ। कोरोनापछि चार गुणाले वैदेशिक रोजगारी खुम्चिँदा बेरोजगारी भयावह बन्ने देखिएको छ। श्रमविज्ञ डा.गणेश गुरुङले रोजगारी सिर्जना हुन नसकिरहेकाले वैदेशिक रोजगारी खुम्चिँदा अवस्था भयावह बन्ने बताए। कोरोनापछि भारतसहित वैदेशिक रोजगारीबाट १० लाख श्रमिक फर्किएका छन्। नेपालबाट ७ लाखभन्दा बढी भारतीय कामदार कोरोना पछि काममा फर्किएका छैनन्। कोरोनापछि भारतीय कामदार फर्किएकाले तत्काल उनीहरूको ठाउँमा नेपालीलाई अवसर दिनुपर्ने भए पनि त्यसो हुन सकेको छैन। अन्नपू...

अमेरिकी निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी सिर्जना

अमेरिकी निजी कम्पनीहरुले गत जुलाई महिनामा एक लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । डाउ जोन्सले गरेको आर्थिक सर्भेक्षणमा करिब १० लाख रोजगारी सिर्जना हुने भनिए पनि त्योभन्दा निकै कम मात्र रोजगारी सिर्जना भएको छ । यो वृद्धि जुन महिनाको भन्दा पनि कम भएको हो ।

‘अब देशमै छ रोजगारी’ अभियान शुरू

रोजगारी सर्भिस प्राली र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा ल्याइएको ‘अब देशमै छ रोजगारी’ अभियानको बिहीबार भर्चुअल माध्यमबाट सार्वजनिक गर्दै उनले आसन्न बेरोजगारीको संकटबाट बच्नका लागि नेपालले १० लाख बढी रोजगारी सिर्जना गर्नु आवश्यक रहेको बताए ।

अलिबाबाको अमेरिकामा १० लाख रोजगारी सिर्जना गर्ने योजना फिर्ता

चिनियाँ खुद्रा बिक्री गर्ने कम्पनी अलिबाबाका संस्थापक र अध्यक्ष ज्याक माले कम्पनीले अमेरिकामा १० लाख रोजगारी सिर्जना गर्ने पहिलको योजनाबाट आफु फिर्ता भएको बताएका छन् । अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धको मध्यमा उनले यस्तो बताएका हुन् ।