घनश्यामले पाए त्रिभुज चिन्ह

काठमाडौं : रुपन्देही क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले त्रिभुज चिन्ह पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारलाई चुनाव चिन्ह वितरणका क्रममा भूसाललाई त्रिभुज दिएको हो। भूसालले चुनाव चिन्ह पाएपछि आफ्नो फेसबुक पेजमा ‘त्रिभूज’ राख्दै भोट मागेका छन्। उनले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र जनमुखी विकासको संज्ञा दिएका छन्। टिकट नपाएपछि नेकपा एमाले परित्याग गरेको घोषणा गरेर भूसालले स्वतन्त्र उम्मेदवारी दर्ता गरा

सम्बन्धित सामग्री

उपरथीमा बढुवा भएका घिमिरे र ढकालले पाए दर्ज्यानी चिन्ह

काठमाडौं,१७ पुस । नेपाली सेनाको सहायक रथीबाट उपरथीमा बढुवा भएका चोकबहादुर ढकाल र पवनराज घिमिरेले दर्ज्यानी चिन्ह पाएका छन् । सोमबार सैनिक निर्देशनालयमा आयोजित एक कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले ढकाल र घिमिरेलाई दज्र्यानी चिन्ह प्रदान गरेको नेपाली सेनाले जनाएको छ । ढकाल र घिमिरेलाई पुस ११ गते सरकारले उपरथीमा बढुवा गरेको थियो । दर्ज्यानी चिन्ह […]

१ लाख ४५ हजार उम्मेदवारले पाए चुनाव चिन्ह

काठमाडौं, १७ वैशाख । निर्वाचन आयोगले १ लाख ४५ हजार स्थानीय निकाय निर्वाचनका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ । १ लाख ५३ हजार उम्मेदवारमध्ये ८ हजारले उम्मेदवारी फिर्ता लिएपछि आज साँझ ५ बजेभित्र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो । दलगत उम्मेदवारहरुले यसअघि नै टुंगो लागेको चुनाव चिन्ह प्राप्त गरेका छन् । जस अनुसार […]

बालेन साहले पाए चुनाव चिन्ह ‘लौरो’

काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले लौरो चुनाव चिन्ह पाएका छन् । शनिवार आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो । साहको आधिकारिक चुनाव चिन्ह लौरो भएको छ । यसअघि सामाजिक सञ्जालमा उनको चुनाव चिन्ह खसीको टाउको भन्दै प्रचार गरिएपनि सो मिथ्या सूचना हो । चुनाव चिन्ह पाएसँगै साह लौरो चिन्ह लिएर चुनावी प्रचारमा निस्किएका छन् ।

उम्मेदवारले चुनाव चिन्ह पाए

काठमाडौं । निर्वाचन आयोगले आज शनिबार स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह वितरण गरिएको हो । उम्मेदवारीका आधारमा जिल्ला अनुसार निर्वाचन चिन्ह वितरण भएको हो । कुनै पनि दलमा नलागेका र पार्टीबाट टिकट नपाएपछि बागी […]

स्वतन्त्र उम्मेदवारले पाए चुनाव चिन्ह (फाेटाे फिचर)

काठमाडाैँ- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिन्हमध्येबाटै निर्वाचन चिन्ह दिएकाे छ। देशभर १२ हजार ७८९ जना स्वतन्त्र उम्मेदवार छन्। उनीहरूलाई आयोगले आज निर्वाचन चिन्ह दिएकाे हाे। ४० प्रकारका निर्वाचन चिन्हहरूमा बिरालो, अर्ना, बँदेल, भ्यागुतो, चिल, केरा, गुलाब, खसीको टाउको, जेब्रा, भुइँकटहर, काग, भालु, कङ्गारु, हाँस, आँप , लाल्टिन, घन्टाघर, मुढा, […]

भरतपुरमा जगन्नाथ पौडेलले पाए चुनाव चिन्ह ‘भुइँकटहर’

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले भुइँकटहर चुनाव चिन्ह प्राप्त गर्नु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई शनिबार चुनाव चिन्ह प्रदान गरेको हो । यसैगरी, दलका उमेदवारहरुले भने दलकै चुनाव चिन्ह पाएका छन् । भरतपुरको मेयरका लागि ३० जनाले उमेदवारी […]

भरतपुरका मेयरका बागी काँग्रेसका जगन्नाथले पाए चुनाव चिन्ह ‘भुइँकटहर’

चितवनको भरतपुर नगरपालिकामा गठबन्धनलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले चुनाव चिन्ह भुइँकटहर पाएका छन् । भरतपुरमा माओवादी र काँग्रेसको साझा उम्मेदवारको रुपमा रेणु दाहाललाई अघि सारेपछि काँग्रेसमा विद्रोह गरेर पौडेलले स्वतन्त्र रुपमा नगर प्रमुखका लागि उम्मेदवारी दिएका थिए । चितवनका असन्तुष्ट काँग्रेसले उनलाई उम्मेदवारको रुपमा अघि सारेको थियो । शनिवार आयोगले उनलाई स्वतन्त्र उम्मेदवारको हैसियतमा भूइँकटहर चुनाव चिन्ह दिएको हो ।

बालेन शाहले पाए ‘लौरो’ चुनाव चिन्ह

काठमाडौं, १७ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि काठमाडौंको मेयरमा उम्मेदवारी दिएका बालेन शाहले “लौरो” चुनाव चिन्ह पाएका छन्।   आयोगले आज उम्मेद्धवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो । जसअनुसार शाहले लौरो चुनाव चिन्ह पाएका हुन् । शाहले काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर प्राप्त गरेका छन् । शाह […]

मंगलम सिपिभिसि प्लस पाइपले पायो गुणस्तर चिन्ह

मङ्गलम इण्डस्ट्रिजले उत्पादन गरेको सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिन्हप्राप्त गरेको छ । यसका एस्डीआर ११ (१५ र ५० मिमि) र एस्डीआर १३.५ (२० र ५० मिमि)ले नेपाल गुणस्तर चिन्ह ५७० पाएको हो ।बजारमा लामो समयदेखि गुणस्तरीय उत्पादन दिइरहेको मङ्गलमको पीभीसी र एचडीपीई पाइपले पहिलेदेखि नै नेपाल गुणस्तर मान्यता पाइसकेका छन् । गुणस्तर तथा नापतौल विभागले विभिन्न नेपाली उत्पादनहरूलाई गुणस्तरको मानकको रूपमा यो चिन्ह प्रदान गर्दै आएको छ ।नेपाल गुणस्तर चिन्ह अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । र, यो चिन्ह पाए