समता घरेलु लघुवित्तको लाभांश प्रस्ताव, बोनससँगै नगद लाभांश पनि

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । मङ्सिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ५ दशमलव ४२२२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २८५४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यस वर्ष कम्पनीले कुल ५ दशमलव ७०७६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा २ करोड २४ लाख ९६ हजार ९१६ रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कुल १८ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।

सम्बन्धित सामग्री

समता घरेलु लघुवित्तको लाभांश  सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं ।समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत १९ गते बुकक्लोज गर्ने भएको छ । सोही कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।   कम्पनीले चैत २९ गते, बिहीबार नमोबुद्ध बैंक्वेट एण्ड इभेन्ट, बनेपा–७, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ४२२२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २८५४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई एक्वायर गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, एफपीओ निष्कासन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

समता घरेलु लघुवित्तको लाभांश  सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं ।समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत १९ गते बुकक्लोज गर्ने भएको छ । सोही कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।   कम्पनीले चैत २९ गते, बिहीबार नमोबुद्ध बैंक्वेट एण्ड इभेन्ट, बनेपा–७, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ४२२२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २८५४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई एक्वायर गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, एफपीओ निष्कासन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

समता घरेलु लघुवित्तको साधारण सभा चैत २९ मा, यी प्रस्ताव पेस हुने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा चैत २९ गते गर्ने भएको छ । चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते काभ्रेपलान्चोकको बनेपा-७ स्थित नमोबुद्ध ब्याक्वेट एण्ड इभेन्टमा बिहान ११ः३० बजे साधारण सभा गर्ने जानकारी दिएको हो ।  सभाले गत आवको मुनाफाबाट ५ दशमलव ४२२२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  सभाले एफपीओ निष्कासन गर्ने र कम्पनीले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्नेसम्बन्धी भएका सम्पूर्ण कार्य तथा निर्णय पारित गर्नेछ ।   त्यस्तै सभाले अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति गर्नेसम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने र गाभ्ने/गाभिने वा प्राप्तिसम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रक्रिया पूरा गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।   यस्तै गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित हुनेछ ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत १९ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा चैत १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनी मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

१२ ओटा लघुवित्त कम्पनीले लाभांश दिने, ९ ओटाले नदिने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५४ लघुवित्त वित्तीय कम्पनीहरूमध्ये गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट हालसम्ममा १२ लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने ९ लघुवित्त कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।  युनिक नेपाल लघुवित्त, फर्ष्ट माइक्रोफाइनान्स, एनआईसी एशिया बैंक, छिमेक लघुवित्त, साना किसान लघुवित्त, सपोर्ट लघुवित्त, स्वावलम्बन लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, आरएसडिसी लघुवित्त, समता घरेलु लघुवित्त र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।  लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये केहीले प्रस्तावित लाभांश साधारण सभाबाट पारित गराइसकेका छन् भने केहीले भने लाभांश पारितका लागि साधारण सभाको मिति तय गरेका छन् ।  यी कम्पनीहरूमध्ये सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै फष्र्ट माइक्रोफाइनान्सले भने समान दरमा ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।  त्यस्तै एनआईसी एशिया बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ६ गते साधारण सभा बोलाएको छ ।  छिमेक लघुवित्तले पनि यस वर्ष बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएको छ । कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो ।  साना किसान लघुवित्तले भने १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । धौलागिरी लघुवित्तले पनि १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ ।  आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । आरएसडिसी लघुवित्तले ८ दशलमव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीले साधारण सभाबाट पारित गरिसकेको छ ।  समता घरेलु लघुवित्र वित्तीय संस्थाले ५ दशलमव ४२२२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कुन कम्पनीको लाभांश कति ? स्रोत : कम्पनीहरूको सूचनाबाट ।  ९ ओटा कम्पनीले भने लाभांश नदिने  अहिलेसम्म ९ ओटा लघुवित्त वित्तीय संस्थाले भने यस वर्ष आफ्ना शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । ग्रामिण विकास लघुवित्त, हिमालयन लघुवित्त, गुराँस लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, उपकार लघुवित्त, सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, गणपति लघुवित्त वित्तीय संस्था र फरवार्ड लघुवित्तले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् ।  गत आवमा आर्थिक मन्दीका कारण सूचीकृत कम्पनीहरूको नाफा प्रभावित भएको छ । नियामकीय कडाइले गर्दा समेत शेयरधनीलाई लाभांश वितरण गर्न नसकेको जानकारहरू बताउँछन् ।

समता घरेलु लघुवित्तले ५.४२ प्रतिशत सेयर बोनस दिने

२५ मंसिर, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५.४२२२ प्रतिशत सेयर बोनस दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सो बोनस सेयर र कर प्रयोजनका लागि ०.२८५४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । गत वर्ष कम्पनीले ३ प्रतिशत नगद र १५ प्रतिशत सेयर बोनससहित कुल १८ प्रतिशत लाभांश […]

समता घरेलु लघुवित्तको सातौं वार्षिक साधारण सभा बुधवार हुँदै

पुस ६, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा बुधवार  हुने भएको छ ।  कम्पनीले सभा बिहान ११ : ३० बजेबाट मिरोबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपालाञ्चोकमा शुरु हुने जानकारी दिएको छ ।सभाले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीले सभामार्फत शेयर संरचना ७०ः३० (संस्थापक : सर्वसाधारण) कायम हुने गरी पुन : सर्वसाधारणलाई एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  सभाले एक जना महिला सञ्चालकसहित  जम्मा ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग गाभ्ने /गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।   कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर २४ गते देखि पुस ७ गतेसम्म बन्द रहने जानकारी दिएको छ । यस आधारमा मंसिर २३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

लक्ष्मी बैंक सहित ३ ओटा कम्पनीको शेयरमूल्य समायोजन

मंसिर २४, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रवार तीन ओटा कम्पनीको मूल्य समायोजन गरेको छ । लक्ष्मी बैंक र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस शेयरको मूल्य समायोजन भएको हो भने नारायणी डेभलपमेण्ट बैंकको हकप्रद शेयरको मूल्य समायोजन भएको हो । लक्ष्मी बैंक, समता घरेलु लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनार्थ र नारायणी डेभलपमेण्ट बैंकले हकप्रद शेयर प्रयोजनका लागि शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले लक्ष्मी बैंकको ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २७० दशमलव ३७ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. २९२ को आधारमा शेयरमूल्य समायोजन भएको हो । लक्ष्मी बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागिसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ८ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा दिनको २ बजे अग्रवाल भवन कमलपोखरीमा गर्ने जानकारी दिएको  छ । त्यस्तै, नेप्सेले समता घरेलु लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. १ हजार १२५ दशमलव ८३ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बिहीवार कम्पनीको शेयर प्रतिकित्ता रू. १ दशमलव ३५१ मा अन्तिम कारोबार भएको थियो समता घरेलु लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ७ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा बिहान ११:३० बजे मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाञ्चोकमा हुने जानकारी दिएको छ । त्यसैगरी, नेप्सेले नारायणी डेभलपमेण्ट बैंकको १०० प्रतिशत हकप्रद शेयरको समायोजनपछि शेयरमूल्य रू. ४७८ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ८५६ को आधारमा शेयरमूल्य समायोजन भएको हो । नारायणी डेभलपमेण्ट बैंकले आगामी पुस ७ गतेदेखि १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । उक्त हकप्रद शेयरमा आवेदकले मंसिर २७ गतेसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

दुई ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर २३, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था र लक्ष्मी बैंकको लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ । दुवै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका शुक्रवार अर्थात् मंसिर २४ गते बन्द गर्ने भएसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । समता घरेलु लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ७ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा बिहान ११:३० बजे मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाञ्चोकमा हुने जानकारी दिएको छ । त्यस्तै, लक्ष्मी बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागिसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ८ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा दिनको २ बजे अग्रवाल भवन कमलपोखरीमा गर्ने जानकारी दिएको  छ ।

समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

मंसिर २२, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको लाभश सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म बन्द गर्ने भएसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ७ गते साधारण सभा बोलाएको छ ।  कम्पनीले सभा बिहान ११ : ३० बजे मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाञ्चोकमा हुने जानकारी दिएको छ ।