काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंमा पहिलो पटक सम्पदा लक्षित लोकल गाइड तालिमको शुभारम्भ गरेका छन्। नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथ प्रदर्शक (लोकल गाइड) तालिम संचालन गरेको हो।स्थानीय पथ प्रदर्शक (लोकल गाइड) तालिमको शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले स्थानीय पथ प्रदर्शकहरुले स्थानीय कला, शिल्प र सम्पदाबारे पर्यटकलाई बुझाउने बताए।