१९ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी दुई महिनाभित्र ट्रायल पास गरेकै दिन सवारी चालकलाई स्मार्ट लाइसेन्स दिने प्रतिवद्धता जनाएको छ । मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठले प्रतिनिधिसभाको अर्थ समितिमा सोमबार आयोजित छलफलमा दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको प्रतिवद्धता जनाएका हुन् । ‘अबको दुई महिनाभित्र स्मार्ट कार्ड लाइसेन्स वितरणमा कुनै पनि समस्या […]