लुम्बिनी डेरी एशोसियसनमा न्यौपाने

रुपन्देही । नेपाल डेरी एशोसियसन लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनबाट अध्यक्षमा थानेश्वर न्यौपाने निर्वाचित भएका छन् । बुटवलमा आयोजना भएको प्रदेश अधिवेसनबाट उपाध्यक्षमा घनश्याम पौडेल, सचिवमा विजय सापकोटा, सहसचिवमा कमलप्रसाद भुषाल चुनिएका हुन् । यस्तै सदस्यहरुमा कृष्ण प्रसाद बस्याल, मिना कंडेल, प्रकाश देवकोटा (हरि), मानबहादुर बुढाथोकी, रविलाल पन्थ, नवराज सापकोटा, पवन भट्टई, सवित्रा भुषाल चयन भएका […]

सम्बन्धित सामग्री

पशु कल्याण मापदण्ड कार्यान्वयनमा जोड

कृषि तथा भूमि व्यवस्था मन्त्रलाय लुम्बिनी प्रदेशले सोमबार नेपालगन्जका पत्रकारहरुसँग डेरी पशुका लागि पशु कल्याण मापदण्ड कार्यान्वय सम्बन्धी मिडिया बृफिङ् तथा जानकारी कार्यक्रम गरेको छ ।

लुम्बिनी डेरी एशोसियसनमा नयाँ नेतृत्व

रुपन्देही । नेपाल डेरी एशोसियसन लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनबाट अध्यक्षमा थानेश्वर न्यौपाने निर्वाचित भएका छन् । बुटवलमा आयोजना भएको प्रदेश अधिवेशनबाट उपाध्यक्षमा घनश्याम पौडेल, सचिवमा विजय सापकोटा, सहसचिवमा कमलप्रसाद भुषाल चुनिएका हुन् । यस्तै सदस्यहरुमा कृष्ण प्रसाद बस्याल, मिना कंडेल, प्रकाश देवकोटा (हरि), मानबहादुर बुढाथोकी, रविलाल पन्थ, नवराज सापकोटा, पवन भट्राई, सवित्रा भुषाल चयन भएका […]

डेरी एसोसिएशन लुम्बिनीको अध्यक्षमा न्यौपाने

नेपाल डेरी एशोसिएशन लुम्बिनी प्रदेशको अध्यक्षमा धानेश्वर न्यौपाने निर्वाचित भएका छन् । आज सम्पन्न एशोसिएशनको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनबाट अध्यक्षमा न्यौपाने निर्वाचित भएका हुन् ।यस्तै, एशोसिएशनको उपाध्यक्षमा घननाथ  पौडेल, सचिवमा बिजय सापकोटा, सह-सचिवमा कमल भुषाल र कोषाध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित भएका छन् । यस्तै, सदस्यमा कृष्ण बस्याल, रबिराज पन्त, नबराज सापकोटा, पवन भट्टराई, सावित्री भुषाल, प्रकाश देवकोटा, मान बहादुर बुढाथोकी र मिना कँडेल निर्वाचित भएका छन् ।कार्यक्रमक

मनमौजी डेरीवाला

निजी डेरी उद्योगीहरूले सरकारी निर्णय नआउँदै आफूखुसी दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ५६.०४ पैसा निर्धारण गरेपछि घाटा लाग्ने भन्दै प्रदेश १ र लुम्बिनी प्रदेशका डेरीले उपभोक्ता मूल्य बढाएका हुन् ।

२५ ओटा दुग्ध उत्पादक सहकारीमा आवद्ध किसानले पाए अनुदान

असोज २६, लुम्बिनी(रुपन्देही) । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा दुग्ध उत्पादनका आधारमा किसानलाई अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले दुग्ध सहकारीमार्फत किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष ४६ लाख ६ हजार ५६९ रुपैयाँ किसानलाई उपलब्ध गराइएको छ ।  किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत विक्री गरिएको दूधको परिमाणअनुसार हरेक वर्ष अनुदान रकम प्रदान गर्दै आएको नगरप्रमुख वासुदेव घिमिरेले बताए।      सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७७/ ७८ को लेखापरीक्षण प्रतिवेदनका आधारमा २१ ओटा दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले अनुदान रकम प्राप्त गरेका हुन् । नगरप्रमुख घिमिरेले नगरपालिकाले उपलब्ध गराएको अनुदान रकम किसानको हातसम्म पुर्‍याउन सहकारीका अध्यक्ष तथा व्यवस्थापकलाई आग्रह गरेका छन् । अघिल्लो दुई आर्थिक वर्षमा पनि अनुदान रकम उपलब्ध गराइएको थियो । उत्पादनका आधारमा अनुदान दिंदा साना किसान लाभान्वित हुने भएकाले यो नीति लिइएको बताउँदै नगरउपप्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाले किसानमुखी अन्य कार्यक्रमसमेत सञ्चालन गरेको जानकारी दिइन् ।            यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं १४ स्थित गौतमबुद्ध दूध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । उक्त केन्द्रले ९ लाख ९४ हजार ६४५ रुपैयाँ, वडा नं १४ कै टिकुलिगढ दुग्ध उत्पादक सहकारीले ५ लाख ६६ हजार १०१ रुपैयाँ, वडा नं १२ को गोकुल दुग्ध उत्पादक सहकारीले ४ लाख ५ हजार ९४४ रुपैयाँ, वडा नं ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले ३ लाख ९ हजार ५७५ रुपैयाँ प्राप्त गरेको छ ।             गत वर्ष नगरपालिकाले ४५ लाख ९८ हजार ८२१ रुपैयाँ अनुदान वितरण गरेको थियो । दूधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक १ करोड लिटर दूध उत्पादन हुने गरेकामा त्यसको झण्डै आधा दूध सहकारीमार्फत विक्री वितरण हुँदै आएको छ । दुग्ध उत्पादक सहकारी सङ्घका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले सिधै किसानको हातमा रकम जाने यो अनुदान कार्यक्रम सबैका लागि अनुकरणीय रहेको जानकारी दिए। यस्तै शङ्करनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर भण्डारीले किसानको हातमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताए । रासस