२४ बुँदे मागसहित कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा

कान्ति बाल अस्पताल विकास समितिअन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। विभिन्न २४ बुँदे माग राख्दै अस्पताल विकास समितिका कर्मचारी कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन्। अस्पतालको विकास समिति तत्काल गठन हुनुपर्ने, भर्तिकेन्द्र...

सम्बन्धित सामग्री

कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित

कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल नेतृत्वलाई एक साताको समयसीमा दिएर उनीहरु २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी शिव प्याकुरेलले एक साताको अवधिमा माग पुरा नभए निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालबन्दी गर्र्ने चेतावनी दिए । कर्मचारीले अस्पताल विकास संचालक समिति गठन गरिनुपर्ने,  निर्देशक  तथा लेखा प्रमुखले राजीनामा दिनुपर्ने, मनपपरी कर्मचारी भर्ना रोकिनुपर्नेलगातका माग राखेका छन् । अन्दोलनरत कर्मचारीले स

कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित २४ बुँदे माग पूरा गर्न एक हप्ते अल्टिमेटम

काठमाडौं । कान्ति बाल अस्पताल विकास समितिका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । ज्यालादारी तथा करारका कर्मचारीहरुलाई २४ घण्टाभित्र नविकरण गर्न, स्थायी कर्मचारीहरुको सावधिक बीमा योजना तत्काल लागू गर्न, दरबन्दीका अनियमित नियुक्तिहरु खारेज गर्ने लगायतका २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । मागहरु पुरा गर्नका लागि पुरै १ हप्ताको अल्टिमेटम दिएको छ । कान्ति बाल […]

कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा, माग पूरा गर्न १ हप्ताको अल्टिमेटम

१५ भदौ, काठमाडौं । २४ बुँदे माग राख्दै कान्ति बाल अस्पताल विकास समिति अन्तर्गतका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरुले अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनुपर्ने लगायतका माग राखेका छन् । ‘मागको सुनुवाइ हुने छाँट नदेखेपछि आन्दोलनमा उत्रिनुपरेको हो । जबसम्म हाम्रो माग पूरा हुँदैन हामी पछि […]

अधिकांश अस्पताल आइतवार खुल्ने

काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतवार सञ्चालनमा आउने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने बताउँदै ती अस्पताल आइतवार सञ्चालन हुन थालेका हुन् । उपत्यकाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, शहीद गंगालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललगायतका ठूला अस्पतालले बिरामीको उपचारलाई दृष्टिगत गर्दै आइतवार अस्पताल सञ्चालन गर्ने निर्णय गरेका हुन् । यसअघि जेठ १ गते आइतवारका दिनसमेत ती अस्पताल खुलेका थिए । तर, वीर अस्पतालले भने सरकारको दुई दिन बिदा दिने निर्णयलाई कार्यान्वयन गर्दै आइतवार बन्द गर्ने गरेको छ ।   सरकारले यही जेठ १ गतेदेखि शनिवार र आइतवार बिदा दिने निर्णय गरेको थियो । सरकारले सोमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान ९:३० देखि अपराह्न ५:३० बजेसम्म तोकेको छ । वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले सरकारले गरेको निर्णयानुसार नै अस्पताल आइतवार बिदा हुने बताए । ‘सरकारको निर्णयानुसार हामी अस्पताल सञ्चालन गर्दछौं,’ उनले भने, ‘तर अस्पतालको आकस्मिक सेवा २४ घण्टा नै सञ्चालन भइरहेको छ । बहिरंग विभागमा त्यति गम्भीर बिरामी नआउने भएकाले आइतवार बन्द गर्ने निर्णय गरेका हौं ।’ कार्यालय समय बढेकाले बिरामीको उपचार गर्न सकिने तर्क उनको छ ।   यस्तै गंगालाल हृदयरोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बिरामीको उपचारलाई दृष्टिगत गर्दै आइतवार पनि अस्पताल खुल्ने बताए । उनका अनुसार केन्द्र स्वायत्त स्वास्थ्य संस्था भएकाले सरकारको निर्णय माने पनि बिरामीको उपचारलाई ख्याल गर्दै आइतवार पनि खुल्नेछ । उक्त केन्द्रमा दैनिक ६०० बिरामी उपचारका लागि आउने गर्दछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनीषा थापाले सार्वजनिक बिदाका दिन आइतवार पनि बहिरंग सेवालगायत सम्पूर्ण सेवा नियमित सञ्चालन हुने बताइन् । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले पूर्ववत् अवस्थामा नै अस्पताल सञ्चालन भइरहने जानकारी दिए । रासस

टाइफाइडविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई काठमाडौंका यी अस्पतालमा दिइँदै छ

काठमाडौं । काठमाडौंमा टाइफाइडविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिइँदैछ । १५ महिनादेखि १५ वर्षसम्मका छुटेका बालबालिकालाई ८ वटा अस्पतालहरुबाट यो खोप दिन लागिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।  कार्यालयका अनुसार कान्ति बाल अस्पताल महाराजगञ्ज, वीर अस्पताल, निजामति कर्मचारी मीनभवन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार महिला...

स्वास्थ्य संरचना निर्माणका लागि २ अर्ब ९३ करोड विनियोजन

काठमाडौं (अस) । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संरचना निर्माणका लागि रू. २ अर्ब ९३ करोड ८० लाख विनियोजन गरेको छ । आईसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट निर्माणका लागि देशभरका ३५ अस्पताललाई उक्त रकम दिने निर्णय गरिएको आइतवार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टर, प्रसूति तथा स्त्री रोग अस्पताल, गंगालाल अस्पताल, मनमोहन कार्डियो भास्कुरल तथा ट्रान्सप्लान्ट सेन्टरलाई संरचना निर्माणका लागि रकम दिन लागिएको हो । यसैगरी नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, त्रिवि शिक्षण अस्पताल, कोशी प्रादेशिक अस्पताल, गजेन्द्र नारायणसिंह अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, मेची अस्पताल, जनकपुर प्रादेशिक अस्पताल, भक्तपुर अस्पताल, बागलुङ अस्पताल, भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई पनि सरकारले रकम उपलब्ध गराउने भएको छ । साथै धुलिखेल अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, जीपी कोइराला श्वासप्रश्वास अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, डँडेलधुरा अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई संरचना निर्माणका लागि स्रोत उपलब्ध गराउने जानकारी प्रवक्त गौतमले दिए । ३६० आईसीयू, १८० भेन्टिलेटर बेड, १९ अक्सिजन प्लान्ट, २६ अक्सिजन ट्यांक निर्माणका लागि कोभिड उपचारमा संलग्न देशभरका सरकारी अस्पताललाई सरकारले रकम उपलब्ध गराउने निर्णय गरेको उनले बताए । ‘अस्पतालको क्षमता र अस्पतालमा उपचाररत बिरामीको संख्या हेरेर रकम विनियोजन गरिएको छ,’ उनले भने ।

जोखिम भत्ता नपाए आन्दोलनमा उत्रने कान्ति अस्पतालका कर्मचारीको चेतावनी

काठमाडौंँ- कान्ति बाल अस्पताल विकास समिति कर्मचारी यूनियनले कोभिड१९ जोखिम भत्ता नपाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। साउन १३ गते भएको युनियनको भेलाले ७ दिन भित्र जोखिम भत्ता...