नेपालबाट युरोपेली शहरमा सिधा हवाई उडानको प्रयास

नेपाल र फ्रान्सबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्य गर्नेबारे कुराकानी भएको छ । छलफलमा नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बौरबाओले युरोपेली शहरबाट नेपालसम्मको सिधा उडान भए नेपालमा युरोपेली पर्यटक आगमन बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी र नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बौरबाओबीच बोर्डमा भएको …

सम्बन्धित सामग्री

पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग

पोखरा– पोखराको आर्थिक विकास र समृद्धिका लागि यहाँको विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडानको व्यवस्था गर्न माग गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको समन्वयमा सोमबार भएको छलफलमा सहभागी नागरिक समाज, उद्योगी–व्यवसायी लगायतले नियमित उडानको व्यवस्था गर्न माग गरेका हुन् । पोखराबाट चीनका विभिन्न सहरसम्म नियमित रुपमा सिधा हवाई उडान गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनीहरुको माग […]

पाकिस्तानबाट नेपाल सिधा उडानको तयारी

नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले पाकिस्तान र नेपालबीच सिधा हवाई उडान पुनः सञ्चालनका निम्ति आफू लागिपरेको बताएका छन्। बुधबार आफ्नै कार्यकक्षमा केही कूटनीतिक पत्रकारहरूसँगको कुराकानीमा पाकिस्तानी राजदूतले दुई राष्ट्रबीचको सिधा उडान पुनः प्रारम्भ गर्न पाकिस्तान इन्टरनेशनल एयरलाइन्स आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए। उनले निजी क्षेत्रका अन्य विमान सेवा पनि विकल्पमा रहेका बताए। आफूले […]

पोखरेली व्यवसायी भन्छनः पोखरा–चीन जोड्नेगरि हवाई उडान थाल्नुपर्यो

चीनले पर्यटकलाई नेपालसम्मको घुमघामलाई खुकुलो त बनायो, तर पोखरासम्म सिधा हवाई उडान नहुँदा चाहेजति चिनियाँ पाहुना आउन नसकेको तर्क गर्दै पोखरेली पर्यटन व्यावसायीले चीनलाई पोखरासम्म हवाई उडानमार्फत जोड्ने पहल गरिदिन आग्रह गरेका छन्। नेपालका लागि चिनियाँ राजदुत चेन सङ सँग भेट गर्दै पोखरेली पर्यटन व्यावसायीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म चिनियाँ सहरलाई जोड्नेगरि हवाई उडानको पहल गरिदिन आग्रह गरेका हुन्।

क्याथे प्यासिफिक एयरवेजको हङ्कङ–काठमाडौँ उडान असोजदेखि

हङ्कङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङ्कङ–काठमाडौँ–हङ्कङ उडान भर्ने भएको छ । एयरवेजले असोज १५ (अक्टोबर १ तारिख) देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो ।प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन बाँकी रहेको छ । एयरवेजले दिउँसोको समयमा स्लट मागेको छ । प्राधिकरणले रातिको समयमा स्लट व्यवस्थापन गर्न सकिने भएकाले अझै उडानको टुङ्गो लागि नसकेको प्रवक्ता निरौलाले बताए  । उनले भने, “क्योथे प्यासिफिक एयरवेजले अक्टोबर १ देखि नियमित उडान गर्ने भनेको हो तर, स्लट मिलिसकेको छैन । एयरवेजले दिउँसो १२ देखि १ बजेपछिको समय मागेको छ, हामी (प्राधिकरण)ले राति ८ बजेपछिको समय दिने भनेका छौँ, एयरवेजले सहमति जनाइसकेको छैन ।” क्याथे प्यासिफिक एयरवेजले साताको हरेक शनिबार हङ्कङ–काठमाडौँ–हङ्कङ एउटा उडान भर्नेछ । क्याथे प्यासिफिक हङ्कङको ड्र्यागन एयरलाइन्सअन्तगर्ततकै एयरलाइन्स हो । कोभिड–१९ महामारीपूर्व ड्र्यागन एयरलाइन्सले हङ्कङ–काठमाडौँ गन्तव्यमा नियमति उडान भर्दै आएको थियो । हङ्कङको अन्तर्राष्ट्रिय क्षेत्रीय एयरलाइन्स क्याथे प्यासिफिक ड्र्यागन एयरलाइन्स लिमिटेडअन्तर्गतकै विमान कम्पनी हो । क्याथे प्यासिफिक एयरवेज लिमिटेड हङ्कङको ध्वजाबाहक हो । यसको मुख्य कार्यालय र मुख्य केन्द्र हङ्कङ अन्तर्राष्ट्रिय विमानस्थलमा छ । अहिले काठमाडाँै–हङ्कङ गन्तव्यमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान गरिरहेको छ । नेपालीको बाहुल्यता रहेको हङ्कङ महत्वपूर्ण हवाई गन्तव्य मानिन्छ । काठमाडौँबाट हङ्कङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्यमा पुग्न उक्त उडानबाट सहज हुनेछ । हाल क्याथेले हङ्कङ–काठमाडौँमा चार्टर्ड उडान भर्दै आएको छ । क्याथेले एयरबस ‘३३०–३००’ सिरिजको विमानले उडान भर्ने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक गत असार १७ गते थाइल्याण्डको थाई स्माइल एयरवेज र सआर २२ देखि श्रीलङ्कन एयरलाइन्सले उडान भर्दै आएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई नेपालीसहित हाल २६ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यीमध्ये नेपालसहित २१ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान भर्दैआएका छन् । आगामी असोज १५ देखि क्याथे प्यासिफिकले पनि सिधा उडान भर्ने भएपछि अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सको सङ्ख्या २७ पुग्नेछ । त्रिभुवन विमानस्थलमा कोभिड–१९ महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान भर्दै आएका थिए । कोभिडपछि अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक सरदर ७० उडान भइरहेको छ । यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् । नेपालले हालसम्म ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक नेपालले सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता गरेको थियो ।

नेपाल–युरोपियन शहरबीच सिधा हवाई उडान आवश्यक छ : राजदूत गिल्स

नेपाल र युरोपियन शहरबीच सिधा हवाई उडानको आवश्यकता रहेको नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बौरबाओले बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीसँग नेपालको पर्यटन व्यवसाय र युरोपियन बजारको चर्चा गर्दै युरोपियन पर्यटकहरु तान्न पनि नेपाल–युरोपियन शहरहरूबीच सिधा हवाई उडानको आवश्यक रहेको बताएका हुन् । उक्त भेटका क्रममा राजदूत गिल्सले फ्रान्स र नेपाल दुवै देशको पर्यटन प्रबर्द्धनका लागि आपसी सहयोग र सहकार्य अभिवृद्धि गर्दै राम्रा अभ्यासहरूको आदान

के होला अब कोरिया रोजगारी ?

करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौँबाट सिधा हवाई उडान हुनुपर्ने सर्त राखेको तर सिधा उडानका लागि भाडा दरको टुंगो नलागेको बताए ।यसअघि काठमाडौँबाट ट्रान्जिट हुँदै कोरिया जानेले प्रतिव्यक्ति तीन सय ९२ अमेरिकी डलर हवाई भाडा तिर्ने गरेकोमा स

पोखरा-सिमरा उडान चैत १५ गतेदेखि

पोखरादेखि बाराको सिमरासम्म आगामी चैत १५ गते फागुपूर्णिमाका दिनदेखि सिधा हवाई उडान हुने भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको अगुवाइमा बिहीबार सरोकारवालाको बैठकले उडानको निर्णय गरेको हो ।