काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा बुधबार मध्यान्हमा निकै भीड थियो। सोही भीडमा काभ्रेपलाञ्चोक घर भएकी ६१ वर्षीया धनमाया तामाङ भेटिइन्। ३ वर्षपछि साउदी अरबबाट नेपाल फर्कँदै गरेको छोरालाई लिनका लागि उनी विमानस्थल आएकी थिइन्। विमानस्थलको आगमनतर्फको जस्ताको लामो टहरामा उनी उभिइरहेकी थिइन्। धेरै समय उभिन समस्या भएपछि भित्र कुर्सीमा मानिसहरू बसिरहेकाले उनी पनि त्यतातर्फ लागिन्। तर विमानस्थलका सुरक्षाकर्मीले त्यहाँ कुर्सीमा बस्न टिकट काट्नुपर्ने बताए।उनले भनिन्, &l