काठमाडौं : कोरोनाका तीनवटा लहर र दुईवटा लकडाउनले प्रभावित भएको नेपाली रंगमञ्च यतिवेला लयमा फर्किएको छ। कोरोना महामारीकै बीचमा पनि गएको वर्ष नेपाली रंगमञ्चमा केही महत्त्वपूर्ण घटनाहरू भए। गुरुकुलको पुनरागमन हुनु, पुरानो घर सञ्चालनमा आउनु, मण्डला नाटकघर आफ्नो नयाँ सुविधासम्पन्न भवनमा सर्नु र कोरोनाको जोखिम न्यून हुँदा देशभरका नाटकघरमा नियमित नाटक मञ्चन हुनु त्यसका केही उदाहरण हुन्। नयाँ वर्ष लागेसँगै रंग गतिविधि पनि बढेको छ। केही नाटकहरूको भर्खर मञ्चन सकिएको छ, केही नाटक म