सल्यानको बरलामा बस दुर्घटना भएको छ। बस दुर्घटनामा परि १९ जना घाइते भएका छन्। रोल्पाको सुकावडारबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख ८०७७ नं. बस शुक्रबार दिउँसो ३ बजेतिर दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक नरबहादुर सलामीले जानकारी दिए। सलामीका अनुसार दुर्घटनाका घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर…