उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेडको निरीक्षण गरेको छ । संघ सरकार मातहतमा रहेको सो कारखानालाई मधेस प्रदेश सरकारले सरकारको स्थायी संरचना निर्माणका लागि हस्तान्तरण गर्न माग गरिरहेकै समय मन्त्री बडुले अनुगमन गरेका हुन् ।बुधवार मधेस प्रदेश सरकारको प्रशासनीक कार्यक्षेत्रमा रहेको कारखानाको तथा अनुगमन गर्दै मन्त्री बडुले यो एक समय निकै प्रख्यात रहेको र नाम कमाएको उद्योग रहेको उल्लेख गरे । कारखानाको अवस्था, सरसम्पति, मेसिनरी लगायत