अन्तर्राष्ट्रिय नियमविपरित भारतले बाँकेस्थित दसगजा नजिक सन् १९८० देखि १९८५ सम्म लक्ष्मणपुर बाँध र सन् १९९९ देखि २००० सम्म कल्कलवा तटबन्ध निर्माण गर्यो । राप्ती नदी र विभिन्न खोलानालाको प्राकृतिक निकास थुनिँदा नेपाली भूमिमा डुबान समस्या निम्तिन थाल्यो।