महाकालीमा भारतद्वारा निर्माणाधीन तटबन्धबारे सरकार किन मौन ?

काठमाडौं । दार्चुला सदरमुकाम पारिपट्टि महाकाली नदीमा भारतले एकतर्फीरुपमा बनाउँदै गरेको तटबन्ध निर्माण तत्काल रोक्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले दार्चुला, महाकाली नगरपालिका–५ स्थित महाकालीमा नेपाली भूभागमा भारतले तीन महिनादेखि सीमास्तम्भलाई समेत भित्र पारेर तटबन्ध बनाइरहेको जनाउँदै त्यसलाई तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘तीन महिनादेखि भइरहेको उक्त कार्य रोक्न जनताले विरोध गरिरहेको र राजनीतिक दलका भ्रातृ संस्थाले विरोध गर्दै प्रमुख जिल्लालाई ज्ञापन दिएका अवस्थामा पनि सरकार आजसम्म बेखबर हुनु अचम्मको कुरा भएको छ ।’ विसं २०७० असारमा महाकालीमा आएको ठूलो बाढीले धार परिवर्तन गरेका कारण ३५ हेक्टर नेपालको जमीन पारि पुग्न गएको र उक्त क्षेत्रमा भारतले निर्माण गरिरहेको तटबन्ध दुई देशबीचको सहमति र अन्तरराष्ट्रिय मान्यता विपरीत रहेको उहाँको भनाइ थियो । तटबन्ध निर्माणले त्यस क्षेत्रका नेपालका अत्यन्तै उर्वर जमीन डुबानमा पर्ने जनाउँदै नेता बडुले नेपालको जमीन र सार्वभौमसत्तासँग जोडिएका विषयमा आजसम्म मन्त्रिपरिषद्मा कुरा नउठेको र किन सरकार मौन रहेको भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले आफ्नो भूमि जोगाउन भारतले बनाउँदै गरेको बाँधको निर्माण तत्काल रोक्नुपर्छ, दुवै देशबीच विगतमा भएको सहमति कार्यान्वयन हुनुपर्छ । प्रजिअ यस सम्बन्धमा सरकारको आदेश पर्खिरहेको छ ।’ मुलुकको सार्वभौमसत्ता र अखण्डतासँग जोडिएको यस विषयमा उठाइएको प्रश्नको जवाफ प्रतिनिधिसभाको अर्को बैठकमा आओस् भनी उहाँले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सम्बन्धित सामग्री

सरकार विरुद्ध अनेरास्ववियुको मौन आन्दोलन

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकार विरुद्ध सांकेतिक मौन आन्दोलन गरेको छ । अनेरास्ववियु त्रिवी कमिटीको आयोजनामा मूल्य वृद्धि फिर्तासहित नियमन नियन्त्रणका नारा लेखिएको प्लेकार्ड बाेकेर विद्यार्थीले मौन प्रदर्शन गरेको अनेरास्ववियु...

फोहोर सङ्कटकाल अवस्था सिर्जना हुँदा सरकार मौन : भीम रावल

काठमाडौँ- एमाले सांसद भीम रावलले काठमाडौँमा फोहोर सङ्कटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौँमा फोहोर नउठेर सङ्कटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाए । काठमाडौँमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर सङ्कट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको आरोप छ […]

फोहोर संकटकाल अवस्था सिर्जना हुँदा सरकार मौन : भीम रावल

एमाले सांसद भीम रावलले काठमाडौंमा फोहोर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा सरकार मौन बसेको आरोप लगाए । काठमाडौंमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना हुँदा महानगरको काम भन्दै सरकार पन्छिएको रावलको आरोप छ । ‘महानगरको मात्र जिम्मेवारी होइन, सरकारको पनि हो । ठूलाठूला कुरा गरेर मात्र हुँदैन प्रधानमन्त्रीज्यू, फोहोर उठाउ

भीम रावलको प्रश्न : लिपुलेकमा भारतले सडक बनाइरहँदा नेपाल सरकार किन मौन ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेपाली भूमि लिपुलेकमा सडक अघि बढाउने’bout भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिमा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडक अघि बढाउने सार्वजनिक अभिव्यक्ति दिँदा नेपाल सरकार किन मौन बसेको भन्दै उनले प्रश्न गरेका छन् । आइतबार राति ट्वीट गर्दै नता रावलले लिपुलेक, […] The post भीम रावलको प्रश्न : लिपुलेकमा भारतले सडक बनाइरहँदा नेपाल सरकार किन मौन ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

भीम रावलको प्रश्न : भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिमा नेपाल सरकार किन मौन ?

नेकपा एमालेका नेता भीम रावलले नेपाली भूमि लिपुलेकमा सडक अघि बढाउनेबारे भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिमा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडक अघि बढाउने सार्वजनिक अभिव्यक्ति दिँदा नेपाल सरकार किन मौन बसेको भन्दै उनले प्रश्न गरेका छन् । आइतबार राति ट्वीट गर्दै नेता रावलले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको अकाट्य प्रमाण रहेको उल्लेख गरेका छन् ।  उनले एमसीसी सम्झौताबारे प्रधानमन्त्री शेरबहादु

ओलीको प्रश्न- निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ?

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । काठमाडौंको मुलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौनको भन्दै प्रश्न गरे । ‘हामी सरकारमा हुँदा निर्मला […] The post ओलीको प्रश्न- निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओलीको प्रश्न : निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ?

नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । काठमाडौंको मूलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौन भन्दै प्रश्न गरे । ‘हामी सरकारमा हुँदा निर्मला निर्मला भनेर अनुसन्धानमा अवरोध गरेका थिए, प्रहरीलाई अनुसन्धानमा व्यवधान गरे’, उनले भने, अहिले कांग्रेसको नेतृत्वको सरकार क

खाद्य कम्पनीलाई कारबाही गर्न छोडेर सरकार किन मौन ?

काठमाडौं । उपभोक्तालाई झुक्यार कुहिएकोे बास्मती चामल बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कारबाही नगरी सरकार मौन बसेको छ । खाद्य कम्पनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर्गतको हो । कम्पनीको सञ्चालक समितिको अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्था हुन्छ । कम्पनीले मनपरी गर्दा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई विभागीय मन्त्रालयले समेत कारबाही गर्न सक्छ । […] The post खाद्य कम्पनीलाई कारबाही गर्न छोडेर सरकार किन मौन ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बाढीग्रस्त मेलम्ची संरक्षण र पुर्नस्थापनामा स्थानीय सरकार मौन भएको निष्कर्ष

किरण थापा,सिन्धुपाल्चोक । बाढीग्रस्त मेलम्ची संरक्षण र पुर्नस्थापनामा स्थानीय सरकार मौन भएको पूर्व बिध्यार्थीहरूले निष्कर्ष निकालेका छन । साथै उनीहरूले मेलम्ची संरक्षण र पुनर्स्थापनामा सहयोग समेत गर्ने भएका छन । बाढी गएको महिनौ भईसक्दा पनि स्थानीय सरकारको मौनता भएको र मौनताले सिमा नाँघेको उननीहरूले निचोड निकालेका छन । ईन्द्रेस्वरी उच्च मावि मेलम्चीको २०४९ सालको एसएलसी […]