नेपाली काँग्रेस संस्थापन पक्षले धनुषा जिल्ला सभापतिको उम्मेदवारमा सन्तोष यादवलाई अघि सारेको छ । नेपाली काँग्रेस धनुषामा जिल्ला अधिवेशन हुँदैछ । सोही अधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुको भेलाबाट यादवलाई सभापतिमा उम्मेदवार बनाउने निर्णय गरिएको केन्द्रिय सदस्य रमेश रिजालले जानकारी दिए । उनले पार्टीलाई आउने निर्वाचनमा बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउदै यसको लागि युवा र काम गर्ने व्यक्तिको आवश्यकता रहेकाले यादवलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गर्नु परेको प