काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथग्रहण गराउन परमादेश तथा अन्तरिम आदेश माग गर्दै परेको रिटमाथि बुधबार संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ भएको हो।सुनुवाइ पछि संवैधानिक इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। अदालतले संसद विघटनको बारेमा विपक्षीसँग कारण देखाउ आदेश माग गरेको छ। मुद्दामाथि असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने भएको