तनहुँको सदरमुकाम दमौलीको मेनचोकमा आईतबार भएको आगलागीबाट ७ करोड १० लाख रुपियाँ बरावरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थलगत निरीक्षण र पीडितसँग मागिएको विवरणअनुसार सो रकम बराबरको नोक्सान भएको अनुमान गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो ।