काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका सुझाव कार्यान्वयन नहुँदा अर्थतन्त्रमा विकराल अवस्था आएको दाबी गरेका छन्।शुक्रवार काठमाडौंमा भएको २४ औं फ्लोरा एक्स्पो कार्यक्रममा बोल्दै ढकालले कोरोना महामारी कम भएसँगै निजी क्षेत्रले दिएका सुझाव सरकारले समयमा कार्यान्वयन गर्न नसक्नु वर्तमान समस्याको कारक भएको दाबी गरे।उनले मुलुकको अर्थतन्त्रमा वर्तमान अवस्था आउँछ भनेर पहिला नै सरकारको ध्यानाकर्षण गराएको बताए। उनले सरकारले निजी क्षेत्रले दिएका सुझावलाई स