वीरगंज। नारायणी अस्पतालमा मंगलवार मात्र कोरोना संक्रमित ४ जनाको निधन भयो। सोमबार र मंगलवार गरि ७ जनाको निधन भयो। कोरोनाको दोस्रो लहर शुरु भएयता १८ जनाको निधन भइसकेको छ। दिनदिनै वीरगंज र आसपासमा संक्रमितहरुको संख्या बढीरहेको छ।
बलिउडका खेलाडी अर्थात अभिनेता अक्षयकुमार कोरोना संक्रमित भएका छन् । आफू कोरोना संक्रमित भएको अभिनेताले ट्वीट मार्फत जानकारी दिएका हुन् । अक्षय दोस्रो पटक कोरोना संक्रमित भएका हुन् । यस अगाडि उनी कोरोनाको दोस्रो लहरमा संक्रमित भएका थिए ।कोरोना संक्रमित भएका कारण अक्षयकुमार कान्स फिल्म फेस्टिबलमा सहभागी नहुने भएका छन् । फिल्म फेस्टिबलमा भारतलाई ‘कन्ट्री अफ अनर’ को रुपमा निमन्त्रणा गरिएको छ । जसमा अभिनेता अक्षयकुमार केन्द्रीय मन्त्री अनुराग ठाकुरका साथ भारतीय प्रतिनिधिमन्डलको रुपमा सहभा
नेपालमा चारवटा जिल्लामा शून्य कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शून्य संक्रमितभएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन्।
अभिनेत्री तथा टीएमसी सांसद मिमी चक्रवर्ती कोरोना संक्रमित भएकी छन् । आफु कारोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । ‘म निकै सावधानी अपनाइरहेकी थिए । तर पनि कोरोना संक्रमित भएकी छु’ उनले अगाडि लेखेकी छन् ‘पछिल्लो केही दिनयता म घरबाट बाहिर निस्किएकी छैन ।पब्लिकसँग भेटेकी पनि छैन ।’ आफु डाक्टरको रेखदेख र होम आइसोलेशनमा रहेको समेत बताएकी खुलाएकी छन् । भनिन् ‘सुरक्षित रहन र माक्स लगाउन सबैलाई अनुरोध गर्दछु ।’बलिउडमा पछिल्लो समय थुप्
बलिउड अभिनेत्री मृणाल ठाकुर कोरोना संक्रमित भएकी छन् । उनले आफु कोरोना संक्रमित भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएकी हुन् । कोरोना संक्रमित भएपछि उनले आफुलाई क्वारेन्टाइनमा राखेकी छन् ।आफुलाई हल्का लक्षण मात्र भएको बताएकी उनले भनिन् ‘डाक्टरको प्रोटोकल पालन गरिरहेकी छु । उनले केही दिनयता आफ्नो सम्पर्कमा आउनेलाई सुरक्षित रहन र कोभिड १९ परीक्षण गर्न अनुरोध समेत गरेकी छन् । मृणालको पछिल्लो चलचित्र ‘जर्सी’ प्रदर्शनको तयारीमा छ । उनी फिल्ममा अभिनेता शाहिद कपुरको साथमा देखिँदैछिन
अभिनेत्री तनीषा मुखर्जी कोरोना संक्रमित भएकी छन् । आफु कोरोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । ‘मलाई ‘कोभिड १९’ को संक्रमण भेटिएको छ’ उनले अगाडि लेखेकी छन्, ‘अब मैले केही दिन आइसोलेशनमा बस्नुपर्नेछ ।’केही अगाडि अभिनेत्री उर्मिला माताेंडकर र साउथ अभिनेता कमल हासनमा पनि कोरोना संक्रमित भेटिएको थियो । तनीषा बलिउडका ती कलाकारमा पर्छिन् । जसले कोरोना महामारीको समयमा पनि नियमित काम गरेका थिए । उनले कोरोनाको दास्रो लहरको स
जनकपुरधाम – प्रदेश २ मा नयाँ कोरोना संक्रमित घटने क्रम जारी छ। पछिल्लो २४ घण्टामा प्रदेशमा ७ जना कोरोना संक्रमित थपिएका छन् भने १९ जना निको भएका छन्। नेपालमा कोरोना संक्रमण पुनः उकालो लागिरहेको समय प्रदेशमा सक्रिय संक्रमितको संख्या ओरालो लाग्दै छ। प्रदेश २ मा हाल २ सय ९२ जना मात्र कोरोनाको सक्रिय संक्रमित छन् […]