भारतीय चलचित्र छायाङ्कन टाेलीले भरिभराउ खुम्बु क्षेत्र

साेलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्र भारतीय सिनेमा (बलिउड चलचित्र) छायाङ्कन टाेलीले भरिभराउ बनेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको क्षेत्रमा 'उंचाई' नामक बलिउड चलचित्र छायाङ्कन भइरहेको छ । असोज २१ गतेदेखि खुम्बु क्षेत्रमा छायाङ्कन सुरु भएको यस चलचित्र असोज ३० गतेसम्म जारी रहने शुटिङ युनिटका गाइड तिलक राईले जानकारी दिनुभयो । उहाँका अनुसार दृष्य छायाङ्कनका लागि एक सय ५० जना भारतीयसहित चार सय १७ जना सिनेकर्मीको टाेली एक हप्तादेखि खुम्बुमा रहेका छन् । भारतीय चर्चित कलाकार अनुपम खेर, ...