ओपन स्पेस नेटवर्कले वार्षिक रुपमा आयोजना गरिँदै आएको ‘नमस्ते ईद २०२२’ को चौथो संस्करण भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा भव्यताका साथ सम्पन्न भएको छ । यस शनिवार एउटा भिन्नै प्रकारको रौनक थियो। 'नमस्ते ईद' नेपालमा मनाइने एक मात्र र सबैभन्दा ठूलो बहु सांस्कृतिक उत्सव हो जसले रमजान उपवास महिनाको अन्त्य भएको र ईद–उल–फित्र उत्सवको जनाउ दिन्छ । उत्सवको मुख्य आकर्षणको रुपमा नुजहत काजीद्वारा सञ्चालित ‘मोडेस्टली मोडर्न फेसन शो’ रह