सत्तारुढ नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले पूर्णता पाएको छ । सभापति शेरबहादुर देउवाले बुधबार ५५ जना सदस्य मनोनयन गर्दै निर्वाचन परिचालन समितिलाई पूर्णता दिएका हुन् । कांग्रेस केन्द्रीय कार्यसमितिको यही चैत १५ गतेको बैठकले वैशाख ३० गते हुने स्थानीय चुनावका लागि उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको थियो ।