पाकिस्तान पनि श्रीलङ्का झैँ आर्थिक सङ्कटको बाटोमा उन्मुख भएको समाचार सार्वजनिक भएको छ ।
पाकिस्तानले आफ्ना विगतका गल्ती र आन्तरिकरूपमा वर्तमान घटनालाई अस्वीकार गर्दै अघि बढेकाले चरम आर्थिक सङ्कट झेल्नुपर्ने परिस्थिति उत्पन्न हुने चेतावनी 'ट्रु सिलोन' ले दिएको हो ।
अति महत्त्वाकाङ्क्षी राजनीतिक नेतृत्व, अत्यधिक बाह्य ऋण तथा आर्थिक कुप्रबन्धका कारण विगत दुई महिनादेखि गम्भीर सामाजिक, आर्थिक एवम् राजनीतिक सङ्कटको भुमरीमा परेको श्रीलङ्काबाट सिक्ने चेष्टा नगरेको पाकिस्तान उल्टै उसैको पदचाप पछ्याइरहेको टिप्पणी 'ट्रु सिल...