काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशको आर्थिक सङ्कट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । गाउँघरमा बाँदर आतङ्क फैलिएको उल्लेख गर्दै उहाँले त्यसलाई निर्यात गर्ने निर्णय गरेर जाँदा देशलाई आर्थिक सङ्कटमा राहत मिल्ने पनि बताउनुभयो । मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले किसानको बाली लुटेर लैजाने बाँदरलाई निर्यात गर्दा कसो होला पनि जिज्ञासा पनि राख्नुभयो । उहाँले देश आर्थिक महासङ्कटबाट गुज्रिएको उल्लेख गर्दै त्यसको निदानका लागि सत्तापक्ष र प्रतिपक्ष सबैले मि...