राजेन्द्र महतोको अभिव्यक्तिको समर्थनमा ८१ जनाको विज्ञप्ति

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले नेपालमा राष्ट्रिय मुक्ति क्रान्तिमार्फत बहुलराष्ट्रिय राज्य निर्माण गर्नुपर्छ भनेर दिएको अभिव्यक्तिलाई समर्थन गर्दै विभिन्न क्षेत्रका ८१ जनाले आइतबार विज्ञप्ति जारी गरेका छन् ।उपप्रधानमन्त्री महतोको सो अभिव्यक्ति ‘जायज’ भन्दै उनीहरुले ‘उच्च हिन्दुवर्ण अहंकार तथा औपनिवेशिक मानसिकता बोकेका केही राजनीतिक पार्टीका नेताहरुले बहुलराष्ट्रिय राज्यको मागलाई अनर्गलरुपमा राज्य विखण्डनसँग जोडेर आरोपित गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्

सम्बन्धित सामग्री

सर्लाही २ मा कांग्रेसको समर्थन लोसपालाई, राजेन्द्र महतोले थाले घरदैलो

चारदलीय सत्तागठबन्धनले देशका सात निर्वाचन क्षेत्रमा लोसपासँग तालमेल गरेको छ । सर्लाही २ मा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको थियो । नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर उठेको र लोसपा वरिष्ठ नेता राजेन्द्र महतो त्यही निर्वाचन क्षेत्रमा उठेकाले मिज्ञवत प्रतिस्पर्धा गर्ने सहमति भएको थियो ।तर, पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा सर्लाही २ मा गठबन्धनको उम्मेदवार यादव भनेर विज्ञप्ति आयो । सत्तागठबन्धनले सो निर्ण

गठबन्धनको विज्ञप्तिप्रति लोसपाको आपत्ति

सत्ता गठबन्धनले हिजो जारी गरेको विज्ञप्तिप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आपत्ति जनाएको छ । सर्लाही क्षेत्र नम्बर २ मा गठबन्धनको आधिकारिक उम्मेदवार को हो भनेर अन्योल रहेका बेला सत्ता गठबन्धनमा रहेका दलहरुले संयुक्त विज्ञप्ति जारी गरी प्रष्ट पारेका छन् । तर लोसपाले त्यसमा आपत्ति जनाएको छ ।सर्लाही २ मा माओवादी केन्द्रको तर्फबाट महेन्द्र राय यादव र लोसपाको तर्फबाट राजेन्द्र महतो उम्मेदवार बनेका छन् । दुवै उम्मेदवार गठबन्धनको भएपनि त्यहाँ मित्रवत प्रतिस्पर्धा हुने सहमति भएको लोसपाले जनाएको

मेरो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्नेगरी प्रचार गरियो: मन्त्री महतो

उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतो आफ्नो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्नेगरी प्रचार प्रसार भएकोमा दुःख ब्यक्त गरेका छन् । शनिबार राति एक विज्ञप्ति जारी गर्दै आफू राष्ट्रिय एकता र राष्ट्रिय अखण्डताप्रति प्रतिबद्ध रहेको जनाएका हुन् ।

विवादास्पद अभिव्यक्तिबाट ब्याक भए राजेन्द्र महतो

आफ्नो विवादास्पद अभिव्यक्तिले आलोचित भएका उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालयको पदभार ग्रहणका क्रममा उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका उनले  अभिव्यक्ति सच्याएका हुन् ।  उनले शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन् । &l...

राजेन्द्रलाई संसदीय दलको नेता बनाएपछि जसपामा विवाद चर्कियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले एकलौटी रूपमा संसदीय दलको नेता राजेन्द्र महतो भएको पत्र संघीय संसद् सचिवालयमा पठाएपछि विवाद फेरि उत्कर्षमा पुगेको छ । लामो समय फरक पार्टीकै रूपमा अभ्यास गरिरहेका अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर विवाद समाधानउन्मुख गरेको सन्देश दिएका थिए...

जसपामा भाँडियो सहमति : महन्थलगत्तै उपेन्द्रको अर्को पत्र, सहमतिमा ब्रेक!

काठमाडौं : जनता समाजवादी पार्टी जसपाभित्रको विवाद बल्झिएको छ। अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच पार्टीलाई एकताबद्ध गरेर अगाडि लैजाने सहमति गरेर विज्ञप्ति ल्याएलगत्तै विवाद बल्झिएको हो। अध्यक्ष ठाकुरले संसदीय दलको नेतामा राजेन्द्र महतो चयन गरेको भन्दै संसद् सचिवालयमा दर्ता गर्न पठाएपछि सहमति भाँडिएको हो। अध्यक्ष ठाकुरले पत्र पठाएलगत्तै अर्का अध्यक्ष यादवले पनि संसदीय दलमा कोही नेता चयन नगरेको भन्दै अर्को पत्र पठाएका छन्। दलको विधान समेत नबनेको अवस्थामा दलको&

विश्वासको मत पाउन असफल : प्रधानमन्त्री ओली कामचलाउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वास गुमाउनु भएको छ । प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा ओलीले पेश गर्नुभएको विश्वासको मतको प्रस्ताव सभाले अस्वीकृत गरेसँगै संविधानतः ओली सरकार कामचलाउ सरकार बनेको छ । सरकार निर्माण सम्बन्धमा अन्योल कायम रहे पनि सोमबारको मतदानले राजनीतिक निकास खोल्ने अपेक्षा गरिएको छ । सोमवार प्रतिनिधिसभासमक्ष प्रधानमन्त्री ओलीले राखेको विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्तावको पक्षमा ९३ मत मात्रै परेकाले उहाँको सरकार कामचलाउमा परिणत भएको हो । प्रधानमन्त्रीका रूपमा निरन्तरताका लागि ओलीलाई प्रतिनिधि सभामा कायम कुल २७१ सांसदको बहुमत अर्थात् १३६ मत आवश्यक थियो । २३२ जना सांसद उपस्थित प्रतिनिधि सभाको विशेष बैठकमा प्रधानमन्त्री ओलीले राख्नुभएको प्रस्तावको विपक्षमा १२४ मत प¥यो भने १५ जना सांसदले पक्ष वा विपक्षमा मतदान गरेनन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले विपक्षमा मतदान गरे । त्यस्तै, जसपाकै अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसद तटस्थ बसे । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद बैठकमा सहभागी भएनन् । माओवादीले समर्थन फिर्ता नलिँदै प्रधानमन्त्री ओलीले संविधानको धारा १०० को प्रावधानअनुसार विश्वासको मत लिएका थिए । ओली नेकपा (माओवादी केन्द्र) को समर्थनमा ३ फागुन २०७४ मा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । आम निर्वाचनबाट बहुमत प्राप्त नेकपाको संसदीय दलको नेताको हैसियतमा ओली प्रधानमन्त्री हुनुभएको थियो । तर, सोमवार उहाँले प्रतिनिधिसभामा बहुमत सिद्ध गर्न सक्नुभएन । प्रधानमन्त्री ओली पदमुक्त भए पनि नयाँ प्रधानमन्त्री नियुक्त नहोउन्जेल ओलीले नै कामचलाउ प्रधानमन्त्रीका रूपमा काम गर्नु हुनेछ । प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गर्दै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सभाको अर्काे बैठक ३० वैशाख दिउँसो १ बजेका लागि बोलाउनुभयो । तर, सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको अधिवेशन नै अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ । बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त्य गर्न सिफारिश गरेको सरकारका एक मन्त्रीले जानकारी दिए । नेकपाको माधव नेपाल समूहको आगामी रणनीति केहो भन्ने स्पष्ट छैन । त्यसैले नयाँ सरकार कस्तो बन्छ वा यही सरकारले निरन्तरता पाइरहन्छ भन्ने अन्योल कायमै छ । संसद्मा आरोप–प्रत्यारोप प्रतिनिधिसभासमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्तावमाथि छलफलका क्रममा सोमवार दलहरूबीच आरोपप्रत्यारोप चल्यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था समाप्त गरेको आरोप लगाए । संसद् पुनःस्थापना भएपछि राजीनामा दिनुपर्नेमा अटेर गरेको भन्दै देउवाले ओलीको चर्को आलोचना गरे । त्यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि प्रतिनिधिसभासमक्ष विश्वासको मत माग्ने नैतिक अधिकार ओलीले गुमाएको भन्दै आक्रोश पोखे । प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ विश्वासको मत लिएर आएको हुन सक्ने उनको आशंका थियो । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बजेट र योजना विनाको शिलान्यास गरेर ओली सरकारले गलत काम गरेको बताए । उनले भने, ‘आयोजनाको डिजाइन पनि छैन, बजेट पनि छैन, हतार÷हतार शिलान्यास गरेको छ, बजेट र योजनाविनाको शिलान्यासलाई विकास भनिँदैन प्रधानमन्त्रीजी ।,’ संसद्मा बोल्ने अन्य दलले समेत ओली सरकारको चर्को आलोचना गरेका थिए तर प्रधानमन्त्री ओलीले भने आप्mनो सरकारको रक्षा गर्नुभयो । नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान काठमाडौं (अस) । वर्तमान सरकार कामचलाउ बनेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । सोमवार विज्ञप्ति जारी गर्दै उहाँले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान गर्नुभएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई ३० गते बिहीबारका दिन साँझ ९ः०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न राष्ट्रपतिले आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ताले केशवप्रसाद घिमिरेले जानकारी दिए ।