काठमाडौं : जनता समाजवादी पार्टी जसपाभित्रको विवाद बल्झिएको छ। अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच पार्टीलाई एकताबद्ध गरेर अगाडि लैजाने सहमति गरेर विज्ञप्ति ल्याएलगत्तै विवाद बल्झिएको हो। अध्यक्ष ठाकुरले संसदीय दलको नेतामा राजेन्द्र महतो चयन गरेको भन्दै संसद् सचिवालयमा दर्ता गर्न पठाएपछि सहमति भाँडिएको हो। अध्यक्ष ठाकुरले पत्र पठाएलगत्तै अर्का अध्यक्ष यादवले पनि संसदीय दलमा कोही नेता चयन नगरेको भन्दै अर्को पत्र पठाएका छन्। दलको विधान समेत नबनेको अवस्थामा दलको&