उडान खुल्यो : मौसम सुधार हुन समय लाग्ने

काठमाण्डौ – प्रतिकूल मौसमका कारण झण्डै दुई घण्टा उडान प्रभावित भएको देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही मात्रामा उडान खुलेको छ । मौसम खराबीले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएकामा केहीबेरदेखि उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलमा अहिले यान्त्रिक पद्धति (आईएफआर) बाट उडान सुरु भएको जानकारी दिनुभयो । ‘बाक्लो धुवाँसहितको तुवाँलोले भिजिविलिटी शून्य भएकाले उडान प्रभावित भयो, अहिले उडान गर्न चाहने वायु यानलाई आईएफआर उड...

सम्बन्धित सामग्री

आजदेखि मौसममा सुधार

काठमाडौं : निरन्तरको झरीपछि मौसममा सुधार आउने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार मौसम केही खुल्ने र घाम लाग्ने जनाएको छ।मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौं उपत्यकामा पनि आज बिहानैदेखि मौसममा सुधार भई घाम लागेको छ । यद्यपि गण्डकीसहितका पहाडी भूभागका केही स्थानमा शुक्रबार पनि आशिंकदेखि सामान्य बदली रही सामान्यतया मौसम सफा रहनेछ। कोशी प्रदेशसहितका केही भूभागका थोरै स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ । आइतबारदेखि पुनः देशैभर मौसममा पूर्ण बदली हुन

तराईका जिल्लाको मौसम सफा हुँदै, हुस्सु कुहिरो हटेर घाम लाग्ने सम्भावना

काठमाण्डाै - तराईका जिल्लामा केही दिनदेखिको शीतलहर हटेर मौसम सफा हुने अनुमान गरिएको छ । लामो समयदेखिको बाक्लो हुस्सु कुहिरोका कारण तराई मधेसको जनजीवन प्रभावित भएको थियो । आजदेखि भने मौसममा सुधार आइ बाक्लो हुस्सु कुहिरो बिस्तारै हट्दै जाने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार बिहानको समयमा हुस्सु कुहिरो लागे पनि दिउँसाे घाम देखिने सम्भावना छ। तर, केही ठाउँमा भने बाक्लो हुस्सुको लाग्ने अनुमान पनि छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव पर्न थालेकाले मौसममा सुधार आउने सम्भ...

कहाँ कहिले सुधार हुन्छ मौसम, पानी पर्न कहिले रोकिन्छ?

काठमाडौँ – लगातार पानी पार्ने मौसमी गतिविधि सक्रिय रहेकाले मौसम सुधार हुन अझै केही दिन लाग्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी, मध्य, तराई र गण्डकी प्रदेशका क्षेत्रमा शुक्रबारदेखि मौसम केही सुधार हुन थाल्ने छ । तर कर्णाली तथा सुदूरपश्चिमसहितका क्षेत्रमा मौसम केही सुधार हुनका लागि आइतबारसम्म पर्खिनु पर्ने मौसमविद मञ्जु […]

गण्डकीदेखि पश्चिम भोलिदेखि मौसम सुधार हुने

२१ माघ, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर बदली र वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार आज देशभर नै घाम लाग्ने सम्भावना छैन । ‘यो प्रणाली अलि ठूलो भएकाले आज दिनभर नै हल्कादेखि […]

आजदेखि मौसममा सामान्य सुधार : बद्लीको सम्भावना कायमै

काठमाण्डाै - आजदेखि मौसममा सामान्य सुधार आएको छ । मौसममा आजदेखि सामान्य सुधार भए पनि आउँदो तीन दिनसम्म देशभरको मौसम पूर्णरुपमा सफा हुने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  पश्चिमी न्यूनचापीय प्रणालीको असर कायमै रहेकोले देशैभरि बद्लीको सम्भावना रहेको तर हिजोको तुलनामा आज मौसम केही सुधार हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । आज पहाडी भेगमा बिहानीपख केही बेर घाम लाग्ने तर दिउँसोपछि पुनः बादल लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । आज पहाडी केही ठाउँमा...

मौसम पूर्वानुमान : आजदेखि मौसम खुल्ने, पूर्ण सुधार हुन समय लाग्ने

काठमाडौं – मंगलबारदेखि मौसम क्रमिक रुपमा खुल्दै जाने मौसमविद्ले बताएका छन्। तर पूर्ण रुपमा भने खुल्न अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ। मौसमविद् सजिना शाक्यका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ। यसको प्रभावले मंगलबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भूभागमा […]

मौसममा क्रमश: सुधार, पारिलो घाम लाग्न अझै केही दिन लाग्ने

काठमाण्डाै - हिजो र अस्ति धुम्म भएको आकाश बिस्तारै खुल्न थालेको छ । हिजोको तुलनामा आज मौसम केही खुलेको छ । बेलुकीदेखि मौसम अझै सुधार हुने तर पारिलो घाम लाग्न भने केही दिन लाग्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनु भयो । उहाँका अनुसार अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेकाले आज दिनभर आकाश आंशिक रुपमा मात्रै खुल्नेछ । बेलुकीदेखि भने आंशिकदेखि मौसममा क्रमशः सुधार हुँदै जाने उहाँले बताउनुभयो । मौसमविद् मानन्धरका अनुसार आज बेलुकीभन्दा भोलि अझै बढी आकाश खुल्नेछ । आज दिउँसो सुद...

मौसममा सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौँ । मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो । ‘अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन् । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ ।’ जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए […]

मौसममा सुधार हुन अझै केही दिन लाग्ने

मनसुनी वायुका कारण मौसममा  सुधार  हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।  “अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन् । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ ।” जल तथा मौसम विज्ञान विभागका  वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए ।  शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेकोे छ । त्यस

मौसम बद्ली भए पनि पानी नपर्ने, तत्काल मौसममा सुधार नआउने : मौसमविद्

काठमाण्डाै - देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद् विभूति पोखरेलले आउँदो तीन दिनसम्म देशभरको मौसम बद्ली हुने बताउनुभयो । तर पश्चिमी वायुको प्रभाव सक्रिय नरहेकाले पानी पर्ने सम्भावना भने नभएको मौसमविद् पोखरेलले बताउनुभयो । आज देशका उच्च पहाडी भूभागमा सामान्य हिमपातको सम्भावना रहेको छ । यो वर्षको जाडो सकिँनै लाग्दा राम्रोसँग हिउँदे वर्षा हुन सकेको छैन । माघ महिनाको मध्यतिर देशका केही ठाउँमा हल्का पानी परे पनि पर्याप्त पानी पर्न नसकेको हो । मौसमविद् पोखरेलले तत्काल ठूल...