काठमाण्डाै - तराईका जिल्लामा केही दिनदेखिको शीतलहर हटेर मौसम सफा हुने अनुमान गरिएको छ । लामो समयदेखिको बाक्लो हुस्सु कुहिरोका कारण तराई मधेसको जनजीवन प्रभावित भएको थियो ।
आजदेखि भने मौसममा सुधार आइ बाक्लो हुस्सु कुहिरो बिस्तारै हट्दै जाने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार बिहानको समयमा हुस्सु कुहिरो लागे पनि दिउँसाे घाम देखिने सम्भावना छ। तर, केही ठाउँमा भने बाक्लो हुस्सुको लाग्ने अनुमान पनि छ ।
पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव पर्न थालेकाले मौसममा सुधार आउने सम्भ...