नेपाल प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकबाट डीआईजीबाट बढुवा भएका पाँच जना एआईजीलाई प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । बढुवा भएका एआईजी उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृत नवीन