हवानाको मध्य क्षेत्रमा रहेको एउटा सुविधा सम्पन्न होटलमा शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । घटनामा एक स्पेनी पर्यटकसहित २५ जनाको मृत्यु भएको राज्य सञ्चालित टेलिभिजनले शनिबार जनाएको छ । ग्यास चुहावटका कारण शक्तिशाली विस्फोट भएको एक दिनपछि सो घटनाबारे क्युबाको राष्ट्रिय टेलिभिजनले जनाएको छ । होटलको स्वामित्वमा रहेको कम्पनीका प्रमुख गाभिओटाका रोबर्टो काल्जाडिल्लाका अनुसार ग्याँस ट्याङ्कर भरिरहेका समय विस्फोट भएको बताए । विष्फोट हुँदा होटलभित्र कर्मचारीहरु यसको पुनर्