आगलागीबाट २१ बाख्रा जलेर नष्ट

उदयपुर- उदयपुरको रौतामाई गाउँपालिका– ६ भातेमा आगलागी हुँदा २१ वटा पशु जलेर नष्ट भएको छ । सोमबार बिहान एक्कासी सुर्जबहादुर राईको बाख्राको खोरमा आगलागी हुँदा १२ वटा माउ बाख्रा, ३ वटा बोका, ६ वटा पाठी जलेर नष्ट भएको प्रहरी चौकी साउनेले जनाएको छ । आगलागीबाट बाख्राको गोठ जलेर खरानी भएको पीडित राईले जानकारी दिए । […]

सम्बन्धित सामग्री

आगलागीमा १६ बाख्रा र ५० कुखुरा जलेर नष्ट

चापाकोट नगरपालिका ५ सिमामा आगलागी हुँदा १६ बाख्रा र ५० कुखुरा जलेर नष्ट भएको छ । स्थानीय ५२ वर्षीय सोमबहादुर आलेको गोठमा आगलागी हुँदा बाख्रा र कुखुर जलेर दुई लाख ५० हजार बराबरको क्षति पुगेको हो ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । खोटाङ, खोटेहाङ गाउँपालिका-७ पुरानागाउँ बस्ने तुलसीराम चौलागाईको मतान घरमा मंगलबार राति आगलागी हुँदा नजिकै रहेको उनको घर र २ वटा मतान घरमा समेत आगलागी हुँदा घर, मतान घर, नगद २ लाख ५० हजार रूपैयाँ लत्ताकपडा, भाडावर्तन, अन्नपात, काठपात, ४५ वटा बाख्रा समेत जलेर करिब …

तनहुँकाे देवघाटमा बाख्रा फार्ममा आगलागी हुँदा ३२ लाख रुपैयाँ बराबरकाे क्षति

तनहुँ - तनहुँको देवघाट गाउँपालिका–५ मा बाख्रा फार्ममा आगलागी हुँदा ३२ लाख रुपैयाँ बराबरको क्षति भएकाे छ । स्थानीय बुद्धिप्रसाद उपाध्यायले सञ्चालन गरेको भट्टराई कृषि तथा बाख्रा फार्ममा गएराति आगलागी भएकाे हाे । आगलागीबाट चार वटा बाख्रा जलेर मरेका छन् भने अठार वटा बाख्रा जलेर घाइते भएका प्रहरीले जनाएको छ । बाख्राको गोठ, पराल, दाना, चोकरलगायतका सामान पूर्णरूपमा जलेर नष्ट भएको इलाका प्रहरी प्रमुख कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो ।  फार्ममा ६२ वटा बाख्रा, पाँचवटा भैँसी, चारवटा ग...

रौतहटमा आगलागी, ११ चौपाया जलेर नष्ट

रौतहटको पूर्वी भेग दुर्गाभगवती गाउँपालिकामा गए राती एक घरमा भएको आगलागीमा परेर एक दर्जन चौपाया जलेर नष्ट भएका छ। आगलागीबाट लाखौँको क्षति भएको छ ।  दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका लक्ष्मण महतोको घरमा गए राती ११ बजे आगलागी भएको थियो । आगलागीबाट गोठमा रहेको एउटा भैँसी,  ,१० वटा  ,खसी बाख्रा, केही काठ, धान, गहुँ, लत्ताकपडा जलेको तथा घरमा पनि  पूर्ण रुपमा क्षति भएको पीडित परिवारले जनाएका छन् । लामखुट्टे धपाउन बालिएको घुपबाट सल्किएर भएको आगलागी बाट १० लाख रूपैयाँ बराबर

दाङकाे राजपुरमा आगलागी, पाँच घर जलेर नष्ट

दाङ - दाङ देउखुरीकाे राजपुर गाउँपालिकामा पर्ने गन्धैला नाकाकाे बस्तीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन्।  आगलागीबाट गाई बाख्रा जलेर मरेका तथा लत्ताकपडा, खाद्यान्न जलेर नष्ट भएको स्थानीय वसन्ती विकले जानकारी दिनुभएको छ । आइतवार अत्यधिक हावा चलेकाले दक्षिण भारतको जङ्गलमा सल्किएको आगो गन्धैला नाकाको बस्तीमा फैलिएर आगलागी भएको हो । आगलागीबाट के कति क्षति भयो भन्नेबारे एकीन विवरण प्राप्त नभएकाे प्रहरीले जनाएकाे छ । अहिले पनि बस्ती वरपरका जङ्गलमा आगो सल्किरहे...

नरैनापुरमा १५ घरगोठ जलेर नष्ट

बाँकेको नरैनापुर गाउँपालिका भएको आगलागीबाट १५ घरगोठ जलेर नष्ट भएका छन् । गाउँपालिकाको वडा नं ४ स्थित कृष्णनगर गाउँमा सोमबार अपराह्न भएको आगलागीबाट १५ वटा घरगोठ र चारवटा बाख्रा जलेको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरका प्रमुख प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए ।उनका अनुसार आगलागीबाट करिब रु १८ लाखको क्षति भएको आङ्कलन गरिएको छ । नरैनापुर गाउँपालिकाको दमकल, सुरक्षाकर्मी, रेडक्रसकर्मी र स्थानीय नागरिकको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।आगलागीबाट मानवीय क्षति नभए पनि घ

नरैनापुरको कृष्णनगरमा आगलागी १५ घरगोठ जलेर नष्ट

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ को कृष्णनगरमा सोमबार दिउँसो भीषण आगलागी भएको छ । सो आगलागीमा परेर करिब १५ घरगोठ र ४ वटा बाख्रा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरले जनाएको छ । इलाका प्रहरी कार्यालय भोजपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले दिएको जानकारी अनुसार वडा नम्बर ४ को घोडदौरिया […] The post नरैनापुरको कृष्णनगरमा आगलागी १५ घरगोठ जलेर नष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

बारामा आगलागीबाट ५ चौपायासहित तीन घरगोठ जलेर नष्ट

बाराको छुट्टाछुट्टै स्थानमा बिहीबार बिहान भएको आगलागीमा परी तीन घरगोठसहित ५ वटा चौपाया जलेर नष्ट हुँदा ७ लाखभन्दा बढीको क्षति भएको छ । मच्छर धपाउन बालिएको घुरबाट सल्केको आगोले सिम्रौनगढ नगरपालिका १ ढाट टोलमा दुई वटा सुत्ने घर, गोठ, गोठमा बाँधिएको ५ वटा चौपाया, अन्नपात, भाडाकुडा, लताकपाड समेतलाई स्वाहा बनाएको हो ।स्थानीय भोला मुखियाको गोठ र छिमेकी शिवचरण मुखियाको सुत्ने घरसहित ५ वटा खशी बाख्रा समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । आगलागी परी

सल्यानका विभिन्न स्थानमा आगलागी, तीन घर जलेर नष्ट

सल्यान : गर्मी मौसम शुरू भएसँगै सल्यानका विभिन्न वनमा डढेलो लाग्न थालेको छ। जिल्लाको कपुरकोट, छत्रेश्वरी, कुमाख गाउँपालिका र बागचौर नगरपालिकाका विभिन्न वनहरूमा डढेलो लागेको हो।वनमा लागेको डढेलोले भेट्दा जिल्लाका विभिन्न स्थानमा ३ घर जलेर नष्ट भएको छ भने २ वटा बाख्रा समेत मरेको छ।जिल्लाको छत्रेश्वरी गाउँपालिका-४, घोरडाँडास्थित गोद्रे सामुदायिक वनमा लागेको आगो बस्तीसम्म फैलँदा स्थानीय मोहनलाल शर्मा, पारस दाहाल र खुमबहादुर खत्रीको कच्ची घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यान

जुम्लाको गोठीगाउँमा आगलागी हुँदा ३२ घर जलेर नष्ट

जुम्लाको गोठी गाउँमा आगलागी हुँदा ३२ घर जलेर नष्ट भएको छ । आगलागीमा परी  १७ गाई, २३ गोरु, २४ बाख्रा गरी ६४ पशुचौपाया जलेर मरेका छन् । मानवीय क्षति भने नभएको...