सल्यान : गर्मी मौसम शुरू भएसँगै सल्यानका विभिन्न वनमा डढेलो लाग्न थालेको छ। जिल्लाको कपुरकोट, छत्रेश्वरी, कुमाख गाउँपालिका र बागचौर नगरपालिकाका विभिन्न वनहरूमा डढेलो लागेको हो।वनमा लागेको डढेलोले भेट्दा जिल्लाका विभिन्न स्थानमा ३ घर जलेर नष्ट भएको छ भने २ वटा बाख्रा समेत मरेको छ।जिल्लाको छत्रेश्वरी गाउँपालिका-४, घोरडाँडास्थित गोद्रे सामुदायिक वनमा लागेको आगो बस्तीसम्म फैलँदा स्थानीय मोहनलाल शर्मा, पारस दाहाल र खुमबहादुर खत्रीको कच्ची घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यान