बारामा आगलागीबाट ५ चौपायासहित तीन घरगोठ जलेर नष्ट

बाराको छुट्टाछुट्टै स्थानमा बिहीबार बिहान भएको आगलागीमा परी तीन घरगोठसहित ५ वटा चौपाया जलेर नष्ट हुँदा ७ लाखभन्दा बढीको क्षति भएको छ । मच्छर धपाउन बालिएको घुरबाट सल्केको आगोले सिम्रौनगढ नगरपालिका १ ढाट टोलमा दुई वटा सुत्ने घर, गोठ, गोठमा बाँधिएको ५ वटा चौपाया, अन्नपात, भाडाकुडा, लताकपाड समेतलाई स्वाहा बनाएको हो ।स्थानीय भोला मुखियाको गोठ र छिमेकी शिवचरण मुखियाको सुत्ने घरसहित ५ वटा खशी बाख्रा समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । आगलागी परी