५ दिनअघि पत्नी सीताको उपचारका लागि भारत गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ काठमाडौं फर्कने भएका छन् । पत्नी सीतालाई भारतमै छोडर प्रचण्ड स्वदेश फर्कन लागेको उनको सचिवालयले जनाएको छ । पत्नी सीताको उपचारका लागि प्रचण्ड गत पुस २० गते छोरीहरुसहित भारतको मुम्बई गएका थिए । सीता अस्वस्थ्य भएपछि भारत लानुअघि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.प