काठमाडौँमा ९ रोपनी जग्गा खरीद गर्ने नेपाल लाइफको तयारी, प्रस्ताव आह्वान

नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौँमा १ देखि ९ रोपनी जग्गा खरीद गर्ने भएको छ । कम्पनीले जग्गा खरीदको लागि गोप्य शिलबन्दी पेश गर्नको लागि आज सोमबार सार्वजनिक सूचना प्रकाशन गरेको छ ।कम्पनीले काठमाडौँको लाजिम्पाट, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी , थापाथली, नयाँ बानेश्वर , पुरानो बानेश्वर, दरबारमार्ग, नक्साल, पाटन, गहनापोखरी, टंगाल , महाराजगंज, भाटभटेनी क्षेत्रमा घर जग्गा खरीद गर्नको लागि इच्छुक घरधनीसँग गोप्य शिलबन्दी प्रस्ताव माग गरेको हो । कम्पनीले सूचना प्रकाशन भएको १५ दिन भित्र प्रस्ताव पेश गर्न भनेको छ । घर जग्गा ८ मिटर बाटोसँग जोडिएको हुनु पर्ने कम्पनीले जनाएको छ ।कम्पनीले शिलबन्दी बोलपत्र पेश गर्दा निम्न अनुसार हुनु पर्ने जनाएको छ ।१. बिक्री गरिने घर-जग्गाको प्रति रोपनी मूल्य स्पष्ट खुल्ने गरी अंक र अक्षरमा उल्लेख गर्नुपर्नेछ, सो सम्बन्धमा कुनै विवाद उठेमा अक्षरमा लेखिएको मुल्यलाई कायम गरिनेछ । २. उक्त जग्गाको कित्ता नं. स्पष्ट देखिने ब्लुप्रिन्ट नक्सा अनिवार्य रूपमा समावेश भएको हुनुपर्नेछ । ३. जग्गाको स्थान बारे स्थान खुल्ने नक्सा (Location Map) र सो नक्सामा जग्गाको सिमाना चिन्ह लगाई नक्सा पेश गर्नुपर्नेछ । ४. उक्त जग्गामा घर निर्माण भएको भए घरको नक्सा तथा घर निर्माण सम्पन्न प्रमाण-पत्र पेस गर्नु पर्ने छ। ५. प्रस्तावित जग्गाको प्रमाणितरूपमा जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि. जग्गाधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, चालु आ.व.को तिरो तिरेको रसिदको प्रतिलिपि संलग्न हुनुपर्नेछ ।६. संस्थागत जग्गाको हकमा जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपि र अख्तियारी प्राप्त व्यक्तिको पहिचान तथा अख्तियारीनामा कागजात समेत पेश गर्नुपर्नेछ । ७. प्रस्ताव पेश गर्दा खाममा नेपाल लाइफका लागि जग्गा बिक्री प्रस्ताव उल्लेख गरी म्याद भित्र कम्पनीको कार्यालयको ठेगानामा दर्ता गराउनु पर्नेछ । ८. उल्लेखित जग्गाको सम्बन्धमा कुनै प्रकारको विवाद, मुद्धा मामिला नरहेको हुनुपर्नेछ र सो को स्वःघोषणा पेश गर्नुपर्नेछ । ९. उल्लेखित घर-जग्गाका कुनै पनि प्रकारले बैंक तथा वित्तीय संस्था वा अन्य निकायमा धितो जमानतको रूपमा रही रोक्का रहेको भए सो को सम्पूर्ण विवरण समेत पेश गर्नुपर्नेछ । १०. प्रस्तावित घर-जग्गा खरिदको प्रक्रिया अगाडि बढाउने/नबढाउने खरिद गर्ने/नगर्ने सम्पूर्ण अधिकार कम्पनीमा निहित रहनेछ ।

सम्बन्धित सामग्री

काठमाडौैं महानगरद्वारा फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान

काठमाडौं महानगरपालिकाले फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै महानगरले ३० दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।

गण्डकी खेलकुद परिषदद्वारा ‘एक पालिका एक खेलमैदान’ प्रस्ताव आह्वान

प्रदेश खेलकुद परिषद गण्डकीले ‘एक पालिका एक खेलमैदान’ निर्माण गर्न आवश्यक प्रस्ताव पेश गर्न आह्वान गरेको छ। प्रदेशका ८५ पालिकालाई लक्षित गर्दै परिषदले गतसाता मात्रै सार्वजनिक सूचना निकालेर प्रस्ताव आह्वान गरेको हो। प्रस्तावको लागि मंसिर १७ गतेसम्मको म्याद ...

गण्डकी खेलकुद परिषदद्वारा ‘एक पालिका एक खेलमैदान’ प्रस्ताव आह्वान

प्रदेश खेलकुद परिषद गण्डकीले ‘एक पालिका एक खेलमैदान’ निर्माण गर्न आवश्यक प्रस्ताव पेश गर्न आह्वान गरेको छ। प्रदेशका ८५ पालिकालाई लक्षित गर्दै परिषदले गतसाता मात्रै सार्वजनिक सूचना निकालेर प्रस्ताव आह्वान गरेको हो। प्रस्तावको लागि मंसिर १७ गतेसम्मको म्याद ...

कोहलपुरको ‘भिजन कम्पिटिसन’: उत्कृष्टलाई एकलाख ५० हजार पुरस्कार

कोहलपुर नगरपालिकाले ‘भिजन कम्पिटिसन’ का लागि खुला प्रस्ताव आह्वान गरेको छ। चालू आर्थिक  वर्ष २०७९–०८० को कार्यक्रम अन्तरगत कोहलपुरको समग्र विकासलाई समेट्ने गरि विज्ञ समुह तथा व्यक्तिलाई भिजन कम्पिटिसनमा सहभागी...

सात वटा लघुबीमा कम्पनीको लाइसेन्स वितरणका लागि प्रस्ताव आह्वान

काठमाडौं । बीमा समितिले लघु बीमा कम्पनी खोल्न चाहनेहरुका लागि प्रस्ताव आह्वान गरेको छ । समितिले सार्वजनिक सूचना मार्फत ३ वटा जीवन र ४ वटा निर्जीवन गरी बढीमा ७ वटा लघुबीमा कम्पनी स्थापनाको अनुमति दिने गरी प्रस्ताव आह्वान गरेको हो । लघुबीमा कम्पनीका लागि यस अघि दिइएका आवेदनहरु भने रद्द गरिएको पनि समितिले जनाएको छ […]

लुम्बिनीमा नयाँ सरकारका लागि प्रस्ताव आह्वान

बुटवल– लुम्बिनीको मुख्यमन्त्रीका लागि दावी पेस गर्न प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनममा बहुमत प्रपात गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि शेरचनले आह्वान गरेका हुन् ।मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि शेरचनले बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका छन् । यसअघि प्रदेशका […]

थप एक पुनर्बीमा कम्पनी खोल्न लाइसेन्स दिइने, समितिले माग्यो प्रस्ताव

बीमा समितिले थप एक पुनर्बीमा कम्पनी संचालनका लागि अनुमति दिने भएको छ। समितिले बिहीबार सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गरेको छ।

भूउपग्रह सञ्चालन गर्न नयाँ प्रस्ताव आह्वान

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह राख्ने प्रक्रियाका लागि आशयपत्र माग गरेको छ। गत मङ्सिर २२ गते पुरानो प्रस्ताव रद्द गरेको प्राधिकरणले यसको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो।