जिल्लालाई पुनः सडक सञ्जालसित जोड्न अध्ययन थालिएको छ । बाढी पहिरोको कारण गत जेठ १४ गतेदेखि बेँसीशहर–चामे सडकखण्ड अवरुद्ध छ । साथै जिल्ला सञ्चार र विद्युत् समेतबाट समेत सम्बन्ध टुटेको छ । सो सडक खण्डको धेरै भागमा नयाँ ट्र्याक खोल्नुपर्ने भएपछि नेपाली सेनाको प्राविधिक टोलीले शनिबारदेखि अध्ययन थालेको जनाइएको छ । प्राविधिक टोलीको नेतृत्व महासेनानी इन्दिवर गुरुङले गरेका छन् । उनकै नेतृत्वमा तत्कालीन समयमा बेँसीशहर–चामे सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको थियो ।प्रमुख जि