नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ ।
आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो ।
प्रदेश १ मा सुरेन्द्र कार्की, २ मा गणेश साह, गण्डकी प्रदेशमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज तोकिएका छन् ।
त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।&nb...