काठमाडौं। स्वास्थ्य मन्त्रालयले सपिङ मलमा नजान सर्वसाधारणलाई अपिल गरेपछि सपिङ मल व्यवसायीले असन्तुष्ट बनेका छन्। सुन्धाराको सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरेले सरकारले सपिङ मलको अध्ययन नगरी यस्तो अपिल गरेको बताए। उनले भने, “असनको गल्लीमा भन्दा सपिङ मलमा स्वास्थ्य सुरक्षाको मापदण्ड व्यवस्थित हुन्छ तर यही क्षेत्रलाई पहिलो निशाना बनाउँछ।”