कारोबार रकमले फेरि तोड्यो रेकर्ड, परिसूचकमा भने दोहोरो अंकको गिरावट

जेठ ५, काठमाडौं । नेपालको शेयर बजारले बुधवार पनि कारोबार रकममा रेकर्ड कायम गरेको छ ।   मंगलवारको रू. ११ अर्ब ३५ करोड ९३ लाख ६० हजारको उच्च कारोबार रकमको रेकर्डलाई तोड्दै बुधवार रू. ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार बराबरको शेयर कारोबार भएको हो ।  मंगलवार २१५ ओटा कम्पनीको १ लाख १५ हजार ९६१ पटकको व्यापारमा २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर कारोबार भएको थियो । बुधवार भने २१४ ओटा कम्पनीको १ लाख ३२ हजार ३६९ पटकको व्यापारमा २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता शेयर कारोबार भएको हो । बुधवार पनि कुल कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीलेनै ओगटेको छ । यस कम्पनीले पछिल्लो केहि दिन यता सर्वाधिक रकमको कारोबारको हिस्सालाई ओगट्दै आएको छ । बुधवार नेपाल पुनर्बीमा कम्पनीको रू. ५५ करोड ६९ लाख १८ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. ३७ ले घटेर अन्तिम मूल्य रू. १ हजार ६५६ कायम भएको छ ।  कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरिरहँदा बुधवार नेप्से परिसूचक भने १३ दशमलव शून्य ९ अंक अर्थात् शून्य दशमलव ४७ प्रतिशतले घटेको छ । यो दिन नेप्से परिसूचक २ हजार ७८० दशमलव ८१ विन्दुमा झरेको हो । गत साताको दोस्रो कारोबार दिनदेखि निरन्तर बढेको बजारमा नाफा बुक गर्नेहरु हाबी हुँदा करेक्सन आएको लगानीकर्ताहरु बताउँछन् । यो दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव शून्य ८ अंकले घटेर ४९६ दशमलव १४ विन्दुमा झरेको छ । यस दिन कारोबारमा आएका २१४ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि भएको छ ।  सबैभन्दा बढी समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको हो । शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७०६ पुगेको छ ।  त्यसैगरी रू रू जलविद्युत् परियोजनाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९६ प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ९३ प्रतिशत, नेपाल फाइनाान्सको ९ दशमलव ८२ प्रतिशत र कर्णाली डेभलपमेण्ट बैंकको शेयर मूल्य ९ दशमलव ६२ प्रतिशतले वृद्धि भएको हो ।  त्यसैगरी सबैभन्दा बढी शेयर मूल्य ङादी ग्रुप पावर कम्पनीको गिरावट आएको छ । कम्पनीको शेयर मूल्य अघिल्लो करोबार दिनको तुलनामा ६ दशमलव ८८ प्रतिशतले कमि आएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ३२५ मा झरेको हो ।  बुधवार कारोबारमा आएका १३ ओटा समूहमध्ये बैंकिङग समूहको परिसूचक शून्य दशमलव ४ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ८६ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव १४ प्रतिशत,वित्त समूहको परिसूचक शून्य दशमलव १३ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशलमव ५१ प्रतिशतले बढेको छ भने बाँकी समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी जलविद्युत समूहको परिसूचक घटेको छ ।   यस समूहको २ दशमलव ११ प्रतिशतले घटेको हो।  बजार बढ्दा अधिकाशं जलविद्युत कम्पनीहरुको शेयर मूल्य सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो । पुन : लगानीकर्ताले नाफा बुक गर्न लागेकाले उक्त समूहको परिसूचक घटेको हो । बुधवारको बजार कारोबारीहरुले नाफा बुक गर्दा केहि प्रभावित भएको छ भने कारोबार रकमले भने राम्रो सपोर्ट गरेको देखिन्छ ।  

सम्बन्धित सामग्री

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको अन्तिम दिन पनि नेप्सेमा दोहोरो अंकको गिरावट जारी रह्यो । नेप्से लगातार चौथो कारोबार दिन पनि झरेर पुनः १९ सय तल आइपुग्यो । कारोबार पनि अर्ब हाराहारीमा खुम्चियो । उतार चढावबीच बजार परिसूचक नेप्से २३ अंकले घटेर १८ सय ९३ अंकमा आएर थामियो । कारोबारमा आएका सबै समूह राताम्मे रहँदा निर्जीबन बीमा […]

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.९७ अंक (०.६१ प्रतिशत)ले गिरावट भएर १९३९.८८ अंकमा बन्द भएको छ । आइतबार सामान्य सुधार भएको नेप्से त्यसपछिको लगातार तीन दिनसम्म घटेको हो । नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि […]

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से ४५.४२ अंक (२.१६ प्रतिशत) ले गिरावट भएर २०६०.७३ अंकमा बन्द भएको छ । सेयर बजारमा मंगलबार ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुादा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको […]

दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकको गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको नेप्से आज फेरि दोहोरो घटेको हो । आज नेप्से २३.८५ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब १३ विन्दुमा झरेको हो । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा २ अर्ब ४ करोड […] The post दोहोरो अंकको गिरावट appeared first on राजधानी राष्ट्रिय दैनिक.

पहिलो पटक शुक्रबार पनि शेयर कारोबार, दोहोरो अंकको गिरावट

काठमाडौं । शेयर बजारमा शुक्रबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंक बराबरले झरेर २२ सय ३५ मा आएर थामियो । सरकारले जेठ १ गतेदेखि आइतबार सार्वजनिक बिदा दिएसँगै शुक्रबार पनि शेयर कारोबार हुन थालेको हो । कारोबार भने अर्ब तलै खुम्चियो । लगानीकर्तालाई कारोबार खुल्लाबारे हेक्का नहुँदा […]

आज पनि नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, १२ बैशाख । साताको कारोबारको दोस्रो दिन सोमबार शेयर बजारका दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज ३४ दशमलव ९५ अंकले घटेर २३ सय ८६ दशमलव १ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशमलव १९ अंकले घटेर ४५४ दशालव ६९ विन्दु कायम भएको हो । […]

सेयर बजारमा दोहोरो अंकको गिरावट

बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन २३ दशमलव ४१ अंकले घटेर दुई हजार चार सय २८ दशमलव ६६ बिन्दुमा नेप्से आइपुगेको छ । नेप्सेमा आएको निरन्तर गिरावटले...

नेप्सेमा दोहोरो अंकको गिरावट

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १७ दशमलव १५ अंकले घटेर दुई हजार ६ सय ५० दशमलव ९७ बिन्दुमा आइपुगेको हो । घटेको बजारमा तीन अर्ब ३६ करोड...

नेप्सेमा आज दोहोरो अंकको गिरावट

काठमाडौं, ११ फागुन । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसुचक १५ दशमलव ५० अंकले घटेर २७ सय २० दशमलव ४३ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ५ दशमलव २२ अंकले घटेर ५१७ दशमलव ९३ विन्दुमा रोकिएको हो । नेप्से आज २२८ कम्पनीको ३ अर्ब […]

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, भदौ २२ । अघिल्लो दिन उच्च बृद्धि आएको शेयर बजारमा मंगलबार पुनः दोहोरो अंकको गिरावट आयो । उतार चढावबीच बजार परिसूचक नेप्से ४४ अंकले ओरालो लागेर २९ सय ३६ कामय भएर थामियो । यस दिन कारोबार पनि साढें ७ अर्बमा खुम्चियो । पछिल्ला दिन ओरालो लाग्दै आएको बजारमा अघिल्लो दिन नेप्सेमा ऐतिहासिक बृद्धि आएको […]