जनकपुरधाम- असार १० गतेभित्र स्थानीय तहहरूमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार अधिकांश स्थानीय तहले बजेट ल्याउने गरेका छन्। प्रावधान अनुसार जनकपुरधाम उपमहानगरपालिकाले समेत आर्थिक वर्ष २०७७/७८ का लागि नगरसभाको आयोजना गरेकाे थियाे। तर सो नगरसभामा उपमहानगरपालिकाले ४३ लाखभन्दा बढी रकम खर्चेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आव २०७७/७८ को प्रतिवेदन अनुसार […]