सामाजिक सुरक्षा भत्ताको नाममा अब राज्यले वार्षिक एक खर्बभन्दा बढी खर्च गर्नुपर्ने भएको छ । वृद्धभत्ता तथा विविध शीर्षकका भत्ता वृद्धिसँगै पछिल्लो पटक सरकारले शहीद परिवारको जीवनवृत्ति भत्ताको दायित्वसमेत थपेपछि यस्तो खर्च बढ्ने भएको हो ।यसअघि राज्यले वृद्धभत्ता, दलित, अपाङ्गता, सीमान्तकृत, एकल महिला÷पुरुष तथा बालबालिका भत्तामात्र प्रदान गर्दै आएको थियो । तर, अब भने राज्यमाथि शहीद परिवार जीवनवृत्ति भत्ताको व्ययभार समेत थपिएको छ ।पछिल्लो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिस्थापन विधे